११ श्रावण २०८१, शनिबार

सरकारले कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर्नुपर्छ : अनिल सी

0

सर्लाही – नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मधेस प्रदेशका इञ्चार्ज अनिल सीले सरकारसँग कुमार पौडेलको हत्याराहरुलाई कारवाही गर्न माग गरेका छन् । मंगलबार नेकपा सर्लाही जिल्ला समितिको बैठकलाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौडेलको हत्यारालाई कारवाही गर्नुपर्ने माग गरेका हुन् ।
उनले अन्यथा पार्टी सङ्‌घर्षमा उत्रने बताए । पौडेलको आमा दुर्गादेवी पौडेलले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल, मेयर भरत कुमार थापा, केडी साहलगायत विरुद्ध किटानी जाहेरी दिनु भएको थियो । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायत मानव अधिकारवादी संस्थाहरूले कुमार पौडेलको हत्या गैरकानूनी र नियतवस भएको र भीडन्त नभएको बताएका थिए ।

भीडन्त भएको भन्ने प्रहरीको दावीलाई घा–जाँच (पोस्टमार्टम) प्रतिवेदनले समेत झुठो सावित गरेको थियो । प्रधानमन्त्री प्रचण्डले एकीकृत जनक्रान्तिका सहीदहरू आफ्नो पनि सहिद भएको सार्वजनिक रुपले स्विकार गरेको कारण अपराधीहरुलाई न्यायिक कठघरामा ल्याएर पीडित परिवारलाई न्याय दिनुपर्ने इन्चार्ज अनिल सीले बताएका छन् । नेकपा सर्लाही जिल्ला समितिको बैठकमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा उनले सो बताएका हुन् ।

 
oplus_0

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।