१३ बैशाख २०८१, बिहीबार

नेकपाद्वारा लोकपालप्रति हार्दिक श्रद्धाञ्जली

0

नेपाल कम्युनिष्ट पार्टीले विशेष कमिटी सदस्य, सल्यान जिल्ला समितिका पूर्व इन्चार्ज, सल्यान जिल्लाका लोकप्रिय नेता महेन्द्र के.सी ‘लोकपाल’ को असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

पार्टीका महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै क.लोकपालको निधनले स्तब्ध भएको भन्दै पार्टीको तर्फबाट लोकपालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै शोकमग्न सम्पूर्ण परिवार र आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

घटनास्थलका कतिपय शंकास्पद अवस्थाबारे पनि अध्ययन भइरहेको विज्ञप्तीमा जानकारी गराइएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘विगत जनयुद्धदेखि हाल एकीकृत जनक्रान्तिका क्रममा समग्र क्रान्ति र सल्यानी जनसमुदायप्रतिको उहाँको योगदान सदैव स्मरणीय हुनेछन् । उहाँको निधनले पार्टी आन्दोलनमा निकै क्षति पुगेको अनुभूति भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।