३१ भाद्र २०८१, सोमबार

नेकपा बाजुराको १ दिने कार्यकर्ता प्रशिक्षण सम्पन्न

0

मार्तडी/ नेपाल कम्युनिस्ट पार्टी बाजुराले १ दिने कार्यकर्ता प्रशिक्षण सप्पन्न गरेको छ । आइतबार जिल्ला सदरमुकाम मार्तडीमा नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणवीर´ले प्रशिक्षण दिएका हुन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रणवीरले अहिलेको रास्ट्रीय र अन्तरास्ट्रिय परिस्थितिका विकसित घटनाक्रमले नेपालमा समाजवादी क्रान्तिका लागि अनुकुल परिस्थिति निर्माण हुँदै गएको बताए।मन्तव्यको क्रममा उनले राज्यको बिभेदकारी बिकास नीति र समग्र मानव बिकास सूचकांकको हिसाबले पछि पारिएको बाजुरा जिल्लाले समाजवादी क्रान्तिको दिशामा महत्त्वपूर्ण भुमिका खेल्ने संभावना समेत रहेको बताए।

नेकपा केन्द्रिय सदस्य एवम् बाजुरा जिल्ला इन्चार्ज एण्डिज सीले नेपालको राजनीतिमा पुराना दलहरूप्रति जनताको बितृष्णा बढीरहेको र नयाँ भनिएका दलहरू समेतले धोका दिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले जनताको असली प्रतिनिधित्व गर्दै देशको संकटको निकास दिन ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने बेला आएको बताए।

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रिय समितिको पाचौं बैठकले गरेका निर्णय, पार्टीको कार्यनीति, कम्युनिस्ट, माओवादी र वामपन्थी एकता र सहकार्य सम्बन्धि नेकपाको निर्णयबारे कार्यकर्तालाई सम्प्रेषण गर्ने उदेश्यले आयोजित प्रशिक्षणमा नेकपाका जिल्ला समिति सदस्यहरु,एरिया समिति सदस्यहरु, जनवर्गीय संगठनका जिल्ला स्तरिय पदाधिकारीहरुको सहभागिता रहेको थियो भने सहभागीहरुले पार्टी नीतिबारे प्रश्नोतर गर्दै जिज्ञासा समेत राखेका थिए।

प्रशिक्षण कार्यक्रममा युवा संगठन नेपालका सुदुरपश्चिम संयोजक सुशील, नेकपा बाजुरा सेक्रेटरी अभय र केन्द्रिय प्रतिनिधि समिति सदस्य विजयको समेत सहभागिता रहेको थियो।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।