२२ भाद्र २०८१, शनिबार

नेकपा बागलुङको प्रथम पूर्ण बैठक सम्पन्न

0

बागलुङ/ नेपाल कम्युनिष्ट पार्टी बागलुङ जिल्लाको प्रथम पूर्ण बैठक बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा सम्पन्न भएको छ । जिल्ला सेक्रेटरी प्रसिद्ध सीको अध्यक्षतामा बसेकाे बैठकमा प्रमुख अतिथि नेकपाको पोलिट ब्यूरो सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज आजाद सीको रहेका थिए । अतिथिहरू नेकपाका केन्द्रीय सदस्य तथा पूर्व धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी, नेकपाको केन्द्रिय सदस्य तथा मुस्ताङ जिल्ला इन्चार्ज आकाश सी, जिल्लाको पूर्व सेक्रेटरी महेन्द्र सीको उपस्थिति रहेको थियो ।

बैठकमा बोल्दै प्रमुख अतिथि आजाद सीले पार्टी केन्द्रले तयार पारेकाे नीति, कार्यक्रम, दस्तावेजको बारेमा सविस्तारमा ब्याख्या गरेका थिए । उनले भने, ‘क्रान्तिको रुप एउटा हुँदैन यसको धार धेरै हुन्छ र हामी त्यही धारको प्रयोग गरि समाजवाद ल्याउछौँ त्यसको लागि हामीले जनतालाई बुझाउन आवश्यक छ र आगामी ०८४ सालको चुनावमा भाग लिन्छौं र जनताको सेवा गर्छौँ, अब यो व्यवस्थाले फेल खाइसकेको छ । यस्तो अवस्थामा हामी जागेनौँ भने नेपाली जनताले गरेको आसा खेर जानेछ, हामीलाई कुनै लोभ छैन, स्वार्थ छैन हामी जनताकाे सेवा गर्न लागेको छौँ र लागिरहनेछौँ ।’

पूर्व धौलागिरी ब्युरो इन्चार्ज विकिरण सीले अबको समयमा पार्टी कार्यकताहरुले जिल्लामा नतिजा आउने गरि काम गर्नुपर्ने र पार्टीले दिएको काम जिम्मेवारीपूर्वक हल गर्नुपर्ने बताए । पार्टी केन्द्रले तयार पारेको दस्तावेज र गण्डकी प्रदेश बैठकले पारित गरेको दस्तावेज र दुवै सर्कुलर सेक्रेटरी प्रसिद्ध सीले वाचन गरेका थिए ।

कार्यक्रममा पार्टीले दिएको जिम्मेवारी लिएर बागलुङ जिल्लाबाट बिदाइ भइ जान लागेका पूर्व धौलागिरी ब्यूरो इन्चार्ज विकिरण सी र बागलुङ जिल्ला इन्चार्ज आकाश सीलाई जिल्लामा हुँदा आफ्नो कार्यकालमा पार्टीले दिएको जिम्मेवारी पूरा गरि जनतासँग रही गरेको कामको कदर गर्दै खादा र टीका लगाइ सम्मानसहित बिदाइ गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।