२२ भाद्र २०८१, शनिबार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न

0

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको दोश्रो जिल्ला सम्मेलन १५ सदस्यीय जिल्ला कार्यसमिति निर्माण गर्दै सम्पन्न भएको छ । हेटौंडा-१, जरुवाटोलस्थित पार्टी कार्यलयमा भएको सम्मेलनले उक्त कार्यसमिति चयन गरेको हो । 

यहि जेष्ठ १५ गते चितवनमा हुन गइरहेको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको तयारी स्वरुप मकवानपुर जिल्लाको दोश्रो जिल्ला सम्मेलन गरेको हो । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरका संयोजक सुकुलाल सीको सभाध्यक्षतामा भएको जिल्ला सम्मेलनले सुकुलाल सीकै अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । 

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सीको प्रमुख आतिथ्यता रहेको जिल्ला सम्मेलन कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष नारायण सीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै मिङमार सी, सुर्य सी, सुशीला सी, विवेक सी, गुण सी, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि राम सीले राष्ट्र निर्माणका साथै परिवर्तनकारी कुनै पनि किसिमको आन्दोलनमा मजदुर वर्गको महत्त्वपूर्ण भूमिका रहने भएकोले नेपाली विशेषताको समाजवाद स्थापनाका लागि पनि अब मजदुर वर्गले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी आएको बताए । साथै नारायण सी र मिङमार सीले पनि कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । 

नेकपा मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा थाहा नगर इन्चार्ज सुर्य सीले सन्चालन गरेको कार्यक्रममा पार्टीका केन्द्रिय प्रतिनिधि समिती सदस्य तथा जिल्ला सेक्रेटरी सुर्य सीले बधाई तथा शुभकामना मन्तव्य राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।