१२ श्रावण २०८१, शनिबार

गणतन्त्र आएको १६ बर्ष भयो, तर जनताको हातमा गणतन्त्र पुगेन

0

काठमाडौं । नेपालमा गणतन्त्र आएको आज १६ बर्ष पुरा भएको छ । गणतन्त्र आएको १६ बर्ष पुरा भएपनि जनताको जीवनस्तरमा परिवर्तन भएको छैन । जनताले वास्तविक आफ्नो व्यवस्था आएको अनुभूत गरेका छैनन् । जनताको हात सम्म गणतन्त्र पुगेको छैन । नेपालका राजनीतिक दलका नेता,कार्यकर्ता होस वा आम जनता होस यो गणतन्त्र जनताको हातमा नपुगेको महसुस गरिरहेका छन । व्यवस्था परिवर्तनको वहस गरिरहेका छन । यो भनेको गणतन्त्र जनता सम्म पुगेन भन्ने वहस हो । यसको विकल्प चाहिन्छ भन्ने वहस हो ।
जनयुद्ध र जनआन्दोलनको बलमा आएको गणतन्त्र फेरी पनि दलाल पुँजीपतिवर्गको हातमा पुगेको छ । जसले गर्दा थप राजनीतिक संकट थपिएको नेपाल कम्युनिष्ट पार्टीले बताउदै आएको छ ।

नेकपाले गणतन्त्रमा केही उपलब्धि भएपनि जनताको सोचे जस्तो उपलब्धि हुन नसकेको र जनतामा निरासा फैलिएको बताउने गरेको छ ।
नेकपाले संकटबाट देशलाई मुक्त गर्न र अग्रगामी निकास दिन नेपाली विशेषताको समाजवाद चाहिने भन्दै मोर्चा बनाएर सडकमा छ । आजको दिनमा माटोसंग खेल्ने,ढुङगासंग खेल्ने र श्रम गरेर वाँँच्ने श्रमजीवी वर्गको लागि गणतन्त्र दिवस हर्ष न विस्मात भएको छ । निश्चितवर्गको लागि यो गणतन्त्र माला माल भएको छ ।

एकथरी मान्छेहरु जननिर्वाचित पहिलो संविधानसभाबाट विस २०६५ साल जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा आजको दिनलाई सम्झिरहेका छन । गणतन्त्र पक्षधरहरुले आजको दिनलाई गणतन्त्र दिवसको रुपमा विभिन्न कार्यक्रम गरेर मनाउने गरेका छन ।
सरकारले सार्वजनिक बिदा समेत दिएको छ । यस्तै सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह समेत आयोजना पनि गरेको छ । देशभर विभिन्न कार्यक्रम गरिएको छ । तर पनि उत्साह छैन । देश झन संकटमा छ । विदेशी हस्तक्षेप बढदो छ । दलहरु कुर्सीको लागि फेरी पनि लडिरहेका छन । स्थायी सरकार हुन सकेको छैन । पुरानै संसदीय गलत खेलहरु यो गणतन्त्रमा भईरहेका छन । त्यसो भएरपनि अब नेपाली जनता अगाडि जान चाहेको छ ।

आज जुन शक्ति गणतन्त्रको लागि हजारौंको बलिदान दिएर लड्यो त्यो शक्ति गणतन्त्रको विरोधी जस्तो देखिन पुगेको छ । गणतन्त्र विरोधीहरु गणतन्त्रको पक्षधर जस्तो देखाउन खोजिएको छ । यो साँचो कुरा होइन ।
नेपालमा यदि जनयुद्ध नभएको भए माओवादी आन्दोलन नभएको भए नेपालमा गणतन्त्र आउने थिएन । गणतन्त्र ल्याउने जस माओवादीले लिनु पर्ने हो । तर माओवादीहरुलाई अपराधीको सूचीमा राखेर जनयुद्ध नै गलत थियो भन्ने सम्मको विश्लेषण गर्न खोजिएको छ । यो परिवर्तन स्वीकार गर्न नसक्ने प्रतिगामीहरुको षड्यन्त्र हो ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनयुद्धका विरुद्ध नाङ्खगो दमन गरे । उनले जनयुद्धलाई दबाउन र गणतन्त्र रोक्न संकटकाल देखि ठुलठुला षड्यन्त्र तथा दमन अभियान चलाए । संसदवादी दलहरुलाई समेत जनयुद्धका विरुद्ध केही समय प्रयोग गरे । तर परिस्थिति फरक भयो ।
वि.सं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएर संसदवादी दल विरुद्ध पनि दमन गरे । जसले गर्दा आन्दोलनरत सात संसदवादी दल र जनयुद्ध गरिरहेको तत्कालिन नेकपा (माओवादी) बीच दिल्लीमा २०६२ साल मंसिरमा १२ बुँदे समझदारी भयो । निरंकुश राजा ज्ञानेन्द्रको शासन विरुद्ध देशभर लोकतान्त्रिक गणतन्त्रको पक्षमा संयुक्तआन्दोलन सुरु भयो ।
आन्दोलनले उच्च रुप लिदै जाँदा अन्ततः तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं २०५९ जेठ ८ गते विघटन गरेको संसद् पुनः स्थापना गर्न बाध्य भए ।
आन्दोलनकै बलमा सड्कवाटै राजा हटाएर गणतन्त्र खोजेका जनताले संसद पुर्नस्थापना प्रति सन्तुष्टि लिने विषय थिएन । तर पनि वि.सं २०६३ जेठ ४ गते बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्यो तर सिधै राजा हटाउन सकेन ।

दलहरुले वि.सं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन गरे । माओवादी सबै भन्दा ठुलो पार्टी भयो । प्रतिगामीहरुले फेरी पनि माओवादी विरुद्ध षड्यन्त्र गरेकाले पहिलो संविधान सभाले संविधान दिन सकेन र विघठन भयो । पहिलो संविधानसभाको बैठकले २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गरि गणतन्त्रको घोषणा गर्यो ।
पहिलो संविधान सभा विघटन पछि वि.सं २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन भयो । माओवादी आन्दोलनमा पनि विभाजन भयो । माओवादी कमजोर भयो । प्रतिगामीले टाउको उठाउने अवसर पाए । तरपनि यसबाट निर्वाचित संविधान सभाका सदस्यहरुले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणा गरे ।

संविधानले संघीय, प्रादेशिक र स्थानीय सरकारको व्यवस्था गर्यो । आज नेपालमा तीन तहको सरकार छ । तर जनताको समस्या जस्ताको तस्तै छन । बेरोजगारी समस्या बढदै गएको छ । युवाहरु विदेश,खाडी मुलुक तथा भारतका गल्लीहरुमा सस्तोमा श्रम बेचिरहेका छन । विदेशी उत्पादनमा निर्भर देश छ । आत्मनिर्भर अर्थतन्त्रको जग बसेको छैन । भ्रष्टाचार, दलाली,कमिशन तथा हत्या हिंसा लुटपाट देशभर जारी छ । देशमा एमसीसी जस्ता विदेशी हस्तक्षेपले देश आक्रन्त छ । यी सवै तमाम समस्याहरु गणतन्त्रको व्यवस्थामा पनि समाधन हुन सकेका छैनन् । यसको उचित निकास र समाधान निश्चित वर्गको हातमा पुगेको गणतन्त्र जनताको हातमा फर्काउनु हो । गणतन्त्र भन्दा अगाडिको प्रगतिशील व्यवस्था नेपाली विशेषताको समाजवादबाट मात्र यी सबै समस्याको समाधान दिन सकिने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।