२३ भाद्र २०८१, आईतवार

युवा संगठन प्रदेश १ को बैठक सम्पन्न, अभियान उद्घाटन

0

इटहरी – युवा संगठन नेपाल प्रदेश नम्बर १ को बैठक सम्पन्न भएको छ । सोमबार झापाको दमकमा सम्पन्न बैठकले महत्वपूर्ण निर्णय गरेको छ । बैठकपछि संगठनले प्रदेश स्तरिय अगुवा प्रशिक्षण तथा समाजवादी युवा मैत्री संगठन सुदृढ तथा विस्तार अभियान उद्घाटनसमेत गरेको छ । प्रशिक्षण कार्यक्रममा ११ जना युवाहरु युवा संगठनमा समाहित भएका छन् ।

समाहित हुनेहरुमा राजन राई, युसन लिम्बु, तागेरा लिम्बु, जेम्स राई, मञ्जिल लिम्बु, रोहन खड्का, अभिराज राजपुरिया, रिवाज धिमाल, रोनाल राई, रिकर्की धिमाल, रोशन राई रहेका छन् । नेकपा पोलिटब्युरो सदस्य तथा एक नम्बर प्रदेश इन्चार्ज दिपेश सीको प्रमुख आतिथ्यतामा बसेको बैठकले केन्द्रको कार्यक्रमलाई हुवहु कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

वैठकमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सी, झापा जिल्ला इन्चार्ज सुमन सिंह सी जिल्ला सेक्रेटरी संजय सीको उपस्थिति रहेको थियो । बैठकमा संगठनका महासचिव तथा प्रदेश १ इन्चार्ज सुवास सीको अध्यक्षता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।