२३ भाद्र २०८१, आईतवार

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलनको औपचारिक उद्घाटन

0

चितवन- नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय सम्मेलन चितवनमा औपचारिक उद्घाटन भएको छ ।
मङ्गलबार चितवनको नारायणगणस्थित उद्योग वाणिज्य संघ चितवनको प्राङ्गणमा नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विषम सीको प्रमुख आतिथ्यता तथा स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सी, स्थायी समिति सदस्य शिलु सी लगाएतका अतिथिहरुले मैनबत्ती बालेर उद्घाटन गरेका हुन् ।
सम्मेलन उद्घाटनको पूर्वसन्ध्यामा भरतपुर चितवनको क्याम्पसबाट देशभरका हजारौं मजदुरहरुको सहभागितामा विशाल र्याली निकालिएको थियो । र्यालीको नेतृत्व नेकपाका स्थायी समिति सदस्यहरुसँगै नेकपाका नेताहरुले गरेका थिए ।
सम्मेलनको औपचारिक उद्घाटन भएसङ्गै अहिले विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखिरहेका छन् ।
सुन्दरनगरी भरतपुरको नारयाणीतिरमा उद्घाटन भएको सम्मेलन ३ दिनसम्म जारी रहने उद्घाटन सत्रका अध्यक्ष तथा क्रान्तिकारी ट्रेड युनियनका संयोजक श्याम सीले जानकारी दिएका छन् ।

सम्मेलनमा सी जातिलाई कानुनी मान्यता दिन युवा संगठन नेपालले हस्ताक्षर अभियान समेत उद्घाटन गरेको छ । जुन अभियानको उद्घाटन नेकपाका स्थायी समिति सदस्यहरु विषम सी, अनिल सी, जवस फ्याक्सन इन्चार्ज समेत रहेकी गन्डकी प्रदेश इन्चार्ज शिलु सीले आफ्नो हस्ताक्षर गर्दै सुरुवात गरेका हुन् । जुन अभियानमा अहिलेसम्म १ हजार भन्दा बढी जनताले हस्ताक्षर गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।