२१ बैशाख २०८१, शुक्रबार

युवा संगठन नेपाल, काठमाडौँ महानगरकाे नगर सम्मेलन सम्पन्न

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल काठमाडौँ महानगर समितिकाे नगर सम्मेलन सम्पन्न भएकाे छ । सम्मेलनले राजु श्रेष्ठको नेतृत्वमा ४५ सदस्यीय महानगर समिति चयन गरेको छ ।

सम्मेलनमा विभिन्न पार्टी परित्याग गरी ३० जना युवाहरू नेकपामा प्रवेश गरेका छन् । सम्मेलनको प्रमुख अतिथि समेत रहेका नेकपा केन्द्रीय सदस्य आदर्शले युवाहरूलाई टिका तथा खादा लगाएर स्वागत गरेका थिए ।

मैनबत्ती बालेर सम्मेलनकाे उद्घाटन गरेका आदर्शले दलाल सत्ता बिरुद्ध सबै युवाहरु गोलबद्ध भइ यो सत्ता फ्याक्न जुट्नुपर्ने बताए । सम्मेलनलाई सम्बोधन गर्दै आदर्शले एमसीसी, एसपीपी जस्ता जनघाती सम्झौताहरु विरुद्ध युवाहरु एकजुट भै संघर्षमा उत्रिन पर्नेे बताए ।

सम्मेलन नेकपा काठमाडौं सेक्रेटरी तुलसी नारायण, युवा सङ्गठन नेपालका  महासचिव विदुषी, केन्द्रीय सचिव तिलक याेगी, बाग्मती प्रदेश अध्यक्ष सुमन क्षेत्री, काठमाडौ जिल्ला सामिती अध्यक्ष छेम्बे शेर्पा, अखिल नेपाल जनसांस्कृतिक महासङ्गका केन्द्रिय सचिव सरल, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सचिवालय सदस्य गोपाल परियार लागायत जिल्ला समिति सदस्यहरु सहित ११५ जना युवाहरुको उपस्तिथि रहेको थियाे ।

पार्टीका महानगर इन्चार्ज प्रतापले प्यानल प्रस्ताव गरि नव गठित समितिको नाम प्रस्तुत गरेको थियो । उक्त प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।