१३ बैशाख २०८१, बिहीबार

चार कम्युनिष्ट पार्टीको संयुक्त विरोध प्रदर्शन सम्पन्न

0

निरुता विक
पोखरा । पोखराको बुद्धचोकमा राष्ट्रघाती MCC , SPP र बढ्दो महंगी तथा मूल्य वृद्धि विरुद्धको चार
कम्युनिष्ट राजनितिक दलको लगातार विरोध सँगै फेरी अर्को कार्यक्रम सम्पन्न भएको छ ।

सान्तीपूर्ण कार्यक्रम गरिरहदा पनि के पि ओलि सरकार सत्तामा हुदाँ गरेको तिन बुदे सहमतिमा लेखीएको कुरा उलंघन गर्दै नेकपाका महासचिव विप्लव लगाएतको अन्य नेता र कार्यकर्ताको घरमा प्रक्राउ पुर्जी टाँसे लगत्तै राजनीतिक दलका नेता तथा वुद्धिजीवीहरु  आक्रोषित बन्दै आएका हुन् ।

उक्त कार्यक्रमको सन्चालन ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अभिनास पौडेल ले गरेका थिए । कार्यक्रममा मन्तब्य राख्दै नेपाल कम्युनि ष्ट पार्टिका प्रदेश सदस्य मनिस भट्टराईले  स्वाधिन्ता, न्याय र राष्ट्र प्रेमका लागी रातो झन्डा उठाएर सडकमा सर्घष गर्दै गर्दा नेपाली सेना प्रहरीले पनि राष्ट्रको हकमा उभीएर अमेरिकी साम्राज्य लगाएत सम्पुर्ण नेपाल माथि गिददे नंग्रा ताक्ने हरुका विरुद्ध, सड़क तात्दा सडक मा प्रतिपक्षमा नभई संघर्षको साथ निभाउनु पर्ने बताउनु भयो ।

त्यसैगरी आफ्नो मन्तब्य राख्दै नेकपा (माओवादी) समाजवादी का तमुवान गण्डकी प्रदेश इन्चार्ज भोजराज त्रिपाठीले विधिको शासन कानून को पान्ना सम्म मात्र सिमित रहे जनता अन्यायमा परेको बेला सडकमा आउनु स्वभाभिक छ सडक तताउनु आउनु रहर होईन वाध्यता हो र त्यही जनताको आवाज बनेर राज्यसत्ताको विकल्प प्रस्ट रुपमा दिने नेकपाका नेता कार्यकर्ता को नामको पक्राउ पुर्जी टास्नु आफैले युद्ध निम्त्याउनु हो ।

विनास काले विपरीत बुद्धि भन्ने भनाई इतिहासले दोहोरीएको छ । भोलि जनतासँग माफी माग्न नपरोस  भन्नुभयो र यो सगै अन्तराष्ट्रीए बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालमा किन घट्दैन ? भन्दै प्रश्न पनि उठाउनु भएको थियो । लगत्तै नेपाल कम्युनिष्ट पार्टिका कास्की जिल्ला ईन्चार्ज काजी गुरुङ्ले हामी जङ्गल देखी सडक तताउदै आएका मान्छे है । हिजो प्रतिबन्ध लगाउदा पनि हामी झुकेका थिएनौ भने भोलि पनि झुक्ने छैनौं ।

हिजो देशले परिवर्तन माग्दा सिरमा कफन वाँधेर निस्कीएका हामिलाइ बलिदानको डर छैन । एमसिसी नेपालमा भित्रीदै गर्दा, एसपीपीको रूपमा रणनैतिक हस्तक्षेप गरिरहँदा पक्राउ पुर्जी छोडिदिनुस्, देशका लागी जिवन दिन पछि पर्ने छैनौ भन्नुभयो ।

 नेपाली काँग्रेसका नेता गगन थापाले एमसिसी पारित गर्दै गर्दा नेपालमा अमेरिकी सेना आए मलाई चारपाटा मुंडेर थानकोट कटाईयोस भन्नु भएको थियो, यस साम्सद भवन वाट गरिएको अपिलमा जवाफदेही हुनेकी नहुने ? भन्दै प्रश्न उठाउनु भएको थियो । आयोजित प्रदर्शन कार्यक्रम विभिन्न राष्ट्रवादी नाराका साथ समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।