११ बैशाख २०८१, मंगलवार

अनेरास्ववियु (क्रान्तिकारी)को विस्तारीत बैठक सम्पन्न

0

निरुता बि.क. (कास्की)

पोखरा । नेपाल कम्युनिस्ट पार्टीको ९औं महाधिवेशनको पूर्व तयारीमा पार्टी लागिरहेको बेला जवस मोर्चा, इकाई, नगरको भेला सम्पन्न गर्दै आएको छ । सोहि क्रममा नेपाल कम्युनिष्ट पार्टिको भातृ संगठन अनेरास्ववियु
(क्रान्तिकारी)को २३औ जिल्ला सम्मेलन आयोजक समितिको विस्तारीत बैठक पोखराको अमरसिंह माध्यमिक
विद्यालयमा सम्पन्न भएको छ ।

बैठकमा विभिन्न मोर्चाका संयोजक तथा सदस्य लाई अतिथिमा आमन्त्रित गरिएको थियो । विशिष्ट अतिथिमा सोहि संगठनका केन्द्रीय सदस्य एवमं गण्डकी प्रदेश ईन्चार्ज प्रकाश वास्तोला र प्रमुख अतिथिमा नेपाल कम्युनिष्ट पार्टिका कास्की जिल्ला सेक्रेटरी काजि गुरुङ उपस्थित हुनुहुन्थ्यो ।

बैठकको आधिकारिकता ग्रहण गर्दै सम्पुर्ण देश र जनताकोलागी आफ्नो जीवन वलिदान गर्ने सहिद प्रति हार्दिक श्रद्धाञ्जली र बेपत्ता, घाइते प्रति उच्च सम्मान गरिएको थियो । रिपोर्ट राख्ने चरण सकिए लगतै संगठनको परिपत्र आयोजक समीतिका संयोजक तथा उक्त बैठकका संचालक पुराण पुनले बाचन गर्नु भएको थियो ।

प्रशिक्षण दिने क्रममा विशिष्ट अतिथिले सम्पुर्ण विद्यार्थीको समसामयिक समस्या हल गर्ने संगठनमा चिनिनु पर्ने र सच्चा क्रान्तिकारी बन्नुपर्ने भन्दै आफ्नो मन्तव्य राख्नु भएको थियो । प्रशिक्षण दिदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी काजि गुरुङले नेपालको कम्युनिस्ट आन्दोलन क. पुष्पलाल देखी सुरुहुदै आएको हो र आज देशको स्वाभिमान बचाउने मोर्चा हाम्रो हातमा आएको छ ।

साँच्चै असल, अग्रगामी नेता बन्ने हो भने विद्यार्थी राजनिती उपयुक्त सुरुवात हो । देशका परिवर्तनकारी आन्दोलनमा विद्यार्थीको प्रयास र बलिदानबाट लेखीएको ईतिहास छ ।

नेपालको दस बर्षे जनयुद्धका पहिलो सहिद १४ बर्सिय दिल बहादुर रम्तेललाई स्मरण गर्दै फेरी देशलाई परिवर्तन गराउने जिम्मा विद्यार्थीको काँधमा आएको र सबैले आआफ्नो शैक्षीक क्षेत्र सँगै राजनैतिक जिवनलाई पनि ध्यान दिनु भन्दै प्रोत्साहन दिनुभएको थियो ।

 

कार्यक्रममा सम्मेलनका लागी बिभिन्न जिम्मेवारी बाँडफाँड गर्दै भाद्र महिना भित्र सम्मेलन सम्पन्न गर्ने निर्णयका साथ बैठक समापन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।