२२ भाद्र २०८१, शनिबार

लालु–लैफु शहिदमार्ग निमार्ण कार्य पुनः सुरु, केही दिनमा माल्कोट पुग्ने

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीले लालु–लैफु शहिदमार्गको रोकिएको निमार्ण कार्य पुनःसुरु गरेको छ । शुक्रवारबाट डोजर लगाएर निमार्ण कार्य सुरु गरिएको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले २०७४ साल फागुन १ गते देखि सरकारको सहयोग विना आफ्नै बलले खुलालु देखि लालु हुदै माल्कोट रुप्सासम्मको सहिद मार्ग निमार्ण कार्य सुरु गरेको थियो । तर प्रतिबन्धका बेला सरकारी निकायहरुले नै सहिदमार्ग निमार्ण कार्यलाई अवरोध पुर्याएका थिए ।

अहिले यो मार्गलाई लैफुसम्म पुर्याउने नेकपाको तयारी छ । नेकपाले लालु–लैफु शहिदमार्ग निमार्ण कार्यका लागि सरकारी तहबाट केही बजेटसमेत हाल्न लगाएर पछिल्लो चरणमा सहिदमार्ग निमार्ण कार्यलाई तिव्रता दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीको जन्मेको ठाउँ माल्कोटमा केही दिनमा सहिदमार्ग पुग्नेछ । प्रवक्ता प्रकाण्डले रोकिएको कामलाई सुचारु गर्न बेला– बेला निर्देशन दिने गरेका छन । उनले सरकारी निकायलाई समेत बजेट व्यवस्था गर्न र छिटो बाटो निमार्ण गर्न पहल गरिरहेका छन ।

नेकपाको केन्द्रिय योजना अनुसार खुलालु देखि लैफुसम्मको सडकखण्ड निमार्ण हुने छ । अहिले भने माल्कोटसम्मको सडकखण्ड निर्माण गर्न लागिएको हो ।
पहिलो चरणमा लालु लैफु सडकको खुलालु माल्कोट सडकखण्ड अन्तरगत १२ किलोमिटर सडक निर्माण गर्ने कार्य केही दिनमा सकिने छ । यो सडक गाउँ –गाउँ हुदै माथिल्लो भागबाट लैफुसम्म पुग्ने छ ।

नेकपाले कालिकोटमा जनयुद्धको बेला धेरै क्रान्तिकारी योद्धाहरुको रगत बगेकाले र सहिद भएकाले लालु –लैफु सडक खण्डलाई सहिदमार्गको नाम दिएको छ ।
यद्यपि कर्णाली नदिको किनारमा नेपाली सेनाले काटेको सडकलाई भने कर्णाली करिडोर भन्ने गरिएको छ । २०७१ साल चैत्र ०९ गतेबाट निर्माण शुरु गरिएको उक्त सडक खण्ड कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको छ । यो सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।