११ श्रावण २०८१, शनिबार

अखिल (समाजवादी) CTEVT उपत्यकाले ॐ समाज शैक्षिक प्रतिष्ठान कलेजलाई दियो ७ दिने अल्टिमेटम

0

अखिल (समाजवादी) CTEVT उपत्यका जिल्ला समितिले ॐ समाज शैक्षिक प्रतिष्ठान कलेज कलंकी काठमाडौंमा ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ ।

केन्द्रीय सचिवालय सदस्य तथा CTEVT उपत्यका जिल्ला समिति इन्चार्ज रमेश सी विक्रान्तको नेतृत्वमा शिक्षालय सुधारका लागि ९ बुँदे मागहरू राखेर ७ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाइएको हो ।
अखिल (समाजवादी ) CTEVT उपत्यका जिल्ला समितिले ॐ समाज शैक्षिक प्रतिष्ठान कलेज कलंकी काठमाडौंमा भौतिक संरचनाको समस्या रहेकाले त्यसको समाधान गर्नपर्ने, नियमित पठनपाठन हुनुपर्ने, कक्षाकोठामा सरसफाइ हुनुपर्ने लगायतका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

 

ज्ञापनपत्रकाे पूरा पाठ-

श्री सञ्चालक ज्यू, ॐ समाज शैक्षिक प्रतिष्ठान कलेज कलंकी, काठमाडौं

बिषय : ज्ञापनपत्र

नेपालको वर्तमान राज्यव्यवस्था र शिक्षा प्रणालीको विकल्पमा अनवरत आन्दोलन गरिरहेको हाम्रो प्रिय संगठन अखिल (समाजवादी) विगत लामो समयदेखि निरन्तर विकृति, विसंगतिका विरुद्ध सडक संघर्षमा केन्द्रीत नै छ । निरन्तर विद्यार्थीका हक र अधिकारको पक्षमा बहस गर्दै राष्ट्रघात, जनघातका विरुद्धमा हाम्रो संगठन निरन्तर खबरदारी गरिरहेको छ। यसै सन्दर्भमा CTEVT अन्तरगर्त ॐ समाज शैक्षिक प्रतिस्ठान कलेज कलंकी काठमाडौमा हाम्रो संगठनको “शिक्षालय सुधार तथा संगठन विस्तार अभियान-२०८१” को क्रममा कलेजमा जाँदा विद्यार्थीले कलेजमा दैनिकी भोग्नुपरेका निम्न किसिमका समस्याहरु रहेकोले हाम्रो संगठन ७ दिने अल्टिमेटम सहित तत्काल समस्या समाधानका लागि कलेज प्रशासनलाई जोडदार माग गर्दछ ।

मागहरु :

१) भौतिक संरचनाको समस्या छ, समाधान गरियोस् ।

२) नियमित पठनपाठनमा समस्या छ, समाधान गरियोस् ।

३) कक्षाकोठामा सरसफाइको समस्या छ, समाधान गरियोस् ।

४) आजसम्म विद्यार्थीलाई खेलकुद, अतिरिक्त क्रियाकलापमा संलग्न गराइएको छैन, अनिवार्य गरियोस् ।

५) खानेपानीको समस्या छ, समाधान गरियोस् ।

६) शौचालय अव्यवस्थित तथा आवश्यक पर्ने सामाग्रीको अभाव छ, व्यवस्था गरियोस् ।

७) क्यान्टिनमा विभिन्न समस्याहरु देखिएका छन्, समाधान गरियोस् ।

८) होस्टेलमा भएका समस्याको समाधान गरियोस् ।

९) प्रयाक्टिकलमा आवश्यक पर्ने सामग्रीको अभाव र ल्याब, लाइब्रेरी जस्ता विभिन्न समस्याहरु रहेकाले समाधान गरियोस् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।