१९ बैशाख २०८१, बुधबार

माडीमा अखिल (क्रान्तिकारी) को प्रथम सम्मेलन सम्पन्न

0

चितवन । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को प्रथम माडी नगर सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ। उक्त सम्मेलनले रुजित अर्याल क. ऋषिको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

चितवनको माडि नगरपालिकामा सम्पन्न प्रथम नगर सम्मेलनमा माडीका सबै शिक्षण संस्थाबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागि भएको थियो। जसमा श्री कृष्णनगर मा.वि.,जनजिवन मा.वि., जनकल्याण मा.वि., सोमेश्वर मा.वि., माडी मा.वि., माडी क्याम्पस लगायत बाट सबै तहका बिध्यार्थीहरु नगर कमितिमा निर्वाचित हुनु भएको छ ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम तथा नेकपाको ९औं महाधिवेशन नजिक चलाइएको एकिकृत विद्यार्थी जागरण अभियान -२०७९ अन्तर्गत उक्त नगर स्तरीय सम्मेलन श्रावण २१ गते माडी मा.वि.को हलमा सम्पन्न भएको छ ।

नेकपाको जिल्ला सेक्रेटरी क. उत्सवको प्रमुख आतिथ्यातामा सम्पन्न उक्त सम्मेलनमा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा चितवन जिल्ला ईन्चार्ज क. सुदिपको विशेष आतिथ्यता र नेकपा चितवन जिल्ला सचिवालय सदस्य तथा माडी नगर ईन्चार्ज क. टिकाको अतिथ्यातामा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त सम्मेलनमा नेकपा चितवनका जिल्ला सेक्रेटेरी क. उत्सवले महत्त्वपूर्ण विचार राख्नु भएको थियो भने माडी नगर इन्चार्ज क. टीका र अखिल९क्रान्तिकारी० चितवन जिल्ला इन्चार्ज क. सुदिप पौडेलले बिध्यर्थीलाई प्रशिक्षण गर्नुभएको थियो ।

माडी नगरको सम्पुर्ण बिध्यर्थी टिमलाई सफल कार्यकालको शुभकामना दिदै २३औ जिल्ला सम्मेलनको तयारीमा जुट्न समेत हार्दिक अपिल गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।