१७ बैशाख २०८१, सोमबार

अ.ने.म. संघ क्रान्तिकारी बाराको बैठक सम्पन्न

0

बारा:  अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी बारा जिल्लाको पहिलो बिस्तारित बैठक बाराको निजगडमा सम्पन्न भएको छ ।

बारा जिल्ला सदस्य मनमाया थिङ्गको अध्यक्षता, संगठनका केन्द्रीय महासचिव राजकुमारी शाहीको प्रमुख आतिथ्यता, नेपाल कम्युनिस्ट पार्टी बारा जिल्ला सेक्रेटरी क. बिक्रमको विशेष आतिथ्यतामा बाराको निजगढमा सम्पन्न भएको छ ।

बैठकमा प्रमुख अतिथिले महिलाहरुलाई संसदिय दलाल ब्यबस्थाले उत्मिड्नमा पारेको र यो ब्यबस्था खारेज गरेर बैज्ञानिक समाजबाद नल्याउँदा सम्म महिला हींसा र उत्पिडन कायम रहने र ब्यबस्था खारेजी अभियान मा लाग्नु पर्ने कुरा राख्नु भयो ।

पार्टीको नवौं महाधिबेसन सफल पार्न महिलासंगठनलाई नगर र सेलसम्म बिस्तार गर्ने, व्यापक सदस्यता बितरण गर्ने, जिल्लामा भएका सम्पुर्ण महिला हिंसाका बिरुद्ध, सरकारले गरेका राष्टघाती MCC सम्झौता र SPP विरुद्ध कडा संघर्ष गर्ने महत्पुर्ण निर्णय गरेको छ ।

बैठकमा जितपुर सिमरा सेक्रेटरी क.बिपी लामा निजगड सेक्रेटरी क. अम्रित, कलैया सेक्रेटरी क.दिलमहमद, परसौनि सेक्रेटरी क.किशोर, परबानिपुर सेक्रेटरी क.राम शाहा, पचरौता सेक्रेटरी क.चन्द्रिका, युबा संगठन नेपाल बारा जिल्ला संयोज क.मुकेशको उपस्थिति थियो ।

बैठकले पूर्ब जिल्ला अध्यक्ष लक्ष्मि तामांङ्लाई संगठनबाट बिधाई गरि पार्टीमा जिम्मेवारी दिने १९सदसीय जिल्ला समितिलाई घटायर १८सदसिय जिल्ला समिति कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।