२२ भाद्र २०८१, शनिबार

मजदुर कुटपिट गर्नेलाई कडा कार्वाही होस् : लालबहादुर सी

0

काठमाडौँ: मजदुर कुटपिट गर्नेलाई कडा कारबाही हुनु पर्ने भन्दै समाजवादी यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष लालबहादुर सीले बताएका छन् ।
हिजोराति काठमाडौँको महाबौद्धको ट्याक्सि स्ट्याण्डमा स्वरोजगार ट्याक्सी चालक र पठाउ बाइक चालक मजदुरबिच भएको झडपमा परी समाजवादी यातायात मजदुर संघमा आबद्ध स्वोरोजगार ट्याक्सी चालक मजदुर मिलन राई, राम बहादुर विक, विजय रिमाललाई कुटपिट गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरि मजदुर कुटपिट गर्नेलाई कडा कारबाहीकाे माग गरिएको छ ।
नेपाल सरकारसँग कानुनी रुपमा पठाउ सेवा होम सर्भिसको नाममा अनुमति लिएपनि प्रयोग सामान ढुवानी सेवा बाहेक मानव सवारी ओसारपसार गर्ने सामान होम सर्भिस नगर्ने भएकोले यसका कारण ट्याक्सी स्वरोजगार मजदुरको भविष्य धरापमा परेको बताएका छन् । एकातिर सम्झौता विपरित राडर सेवा सञ्चालन गर्ने र आफ्नो पेशामा लागेका स्वरोजगार मजदुरलाई उल्टै गुण्डागर्दी शैलीमा कुटपिट गरेकोप्रति निन्दा गर्दै घाइते मजदुरलाई शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।