१० श्रावण २०८१, शुक्रबार

रोल्पामा समाजवादका लागि सामना परिवारको जनसंगीत अभियान सुरु

0

रोल्पा । सामना साँस्कृतिक परिवार लुम्बिनी प्रदेशले समाजवादका लागि सामना जनसंगीत अभियान सुरु गरेको छ । सामनाले रोल्पाको जुँगार नेर्पा बजारमा साँस्कृतिक कार्यक्रम गरेर अभियान सुरु गरेको जनाएको छ ।

नेर्पा बजारमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि तथा नेकपा पोलिट ब्युरो सदस्य आदर्श सीले सम्बोधन गरेका थिए भने रोल्पा जिल्ला सेक्रेटरी सन्दिप सीले पनि मन्तव्पगयय राखेका थिए ।

साँस्कृतिक कार्यक्रमलाई सामना परिवारका कमान्डर देवराज सीले सहजीकरण गरेको साँस्कृतिक कार्यक्रममा सामना परिवारले आफ्नो प्रस्तुति प्रदर्शन गरेको थियो । जनबादी कलाकारहरुको प्रस्तुति दर्शकहरुद्वारा निकै रुचाएर पुरस्कार समेत दिएका थिए ।

रोल्पाको जुँगारबाट सामना परिवारले रोल्पाका विभिन्न बस्तीहरुमा असार १५ सम्म साँस्कृतिक कार्यक्रम गर्ने जनाएको छ ।

यहि २७ गते माडी गाउँपालिकाको घर्तीगाउँमा र २९ गते परिवर्तन गाउँपालिकाको बागमारामा सामनाले आफ्नो सांस्कृतिक कार्यक्रम देखाउने भएको छ । सामाना साँस्कृतिक परिवार लुम्बिनीलाई देवराज सीले कमाण्ड गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।