३१ भाद्र २०८१, सोमबार

कुमार पौडेलको छैटौं स्मृति सभा सम्पन्न, कुमारकाे सपना पूरा गरि छाड्ने उद्घाेष

0

बर्दिबास – एकीकृत जनक्रान्तिका शहिद कुमार पौडेलको स्मृतिमा आयाेजित छैटौं स्मृतिसभा सम्पन्न भएकाे छ । बुधबार अखिल नेपाल लेखक संघ, केन्द्रीय कार्यालयकाे आयोजनामा मधेसकाे बर्दिबासमा स्मृतिसभा सम्पन्न भएकाे हाे ।
सभामा अखिल नेपाल जनसाँस्कृतिक महासंघका उपाध्यक्ष तथा संघकी अध्यक्ष शाेभा सीकाे अध्यक्षता रहेकाे थियाे भने नेकपा स्थायी समिति सदस्य अनिल सीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रमकाे संचालन महासंघका महासचिव कुशल सीले गरेका थिए भने उपस्थिति सबैलाई स्वागत मन्तव्यमार्फत प्रतिबद्ध सीले स्वागत गरेका थिए ।
सभामा एकीकृत जनक्रान्तिका १५ जना सहिदहरूको गाथामा आधारित ‘बलिदान राष्ट्रका लागि’ कृतिको परिचर्चा समेत गरिएकाे थियाे‌ । साे क्रममा वक्ताहरूले शहिद गाथा प्रकाशन गरेर नेकपाले शहिदलाई युगाैंयुगसम्म जिवित बनाएकाे बताएका थिए ।
कार्यक्रममा नेकपाका पाेलिट ब्युराे सदस्य चिरन सीले शहिद कुमार पाैडेलकाे सम्झनामा गीत गाएर सबैलाई भावुक बनाएका थिए ‌। कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक रोषण जनकपुरी, नागरिक समाजका अगुवा नारायण खपांगी, गीतकार तथा माओवादी केन्द्रका नेता टेक बहादुर बलामपाकी, बुद्धिजीवी केदार कोइराला र प्रगतिशील लेखक संघ मधेस प्रदेश अध्यक्ष नारायण घिमिरे लगायतले स्मृति सभालाई सम्बोधन गर्दाै कुमारका सपनाहरूलाई साकार पार्न सुकुम्वासीका समस्याहरू हल गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे । फिरोज सीको नेतृत्वमा एउटा बस, सर्लाहीबाट ३ ओटा बस, धनुषाबाट ४ ओटा बस अन्य जिल्लाबाट गरि ठुलो जनमासको सहभागिता रहेकाे थियाे । कार्यक्रम‌काे व्यवस्थापन महोत्तरी जिल्ला इन्चार्ज पवन सीले गरेका थिए । स्मृति सभामा सहिदका परिवार कुमारका बुवा खिलकराज पाैडेलको विशेष उपस्थिति रहेकाे थियाे।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।