८ बैशाख २०८१, शनिबार

महाधिवेशन रौनक वारामा पनि व्यापक प्रचार प्रसार

बारा जिल्लामा प्रचारको काम व्यापक गर्न थप पोस्टर र प्रचार छापेर पोस्टरिङ्गको काम तिब्र पारिएको छ ।

0

वारा । नवौं मधिवेशन सफल पार्न नेपाल कम्युनिस्ट पार्टी बारा जिल्लाले जिल्लाभरी प्रचारप्रसारको काम थालेको छ बारा जिल्लाका महत्वपुर्ण सहरहरुमा भित्तेलेखन तिब्र वनाएको छ ।

भित्तेलेखन गर्न निजगड, सिमरा, जितपुर, अमलेख गन्ज, सिङ्गौल र कोल्हबीमा क. बिपीको नेतृत्वमा ५ जनाको टिम खटाईको, कलैया, पर्सौनी, परबानिपुर, पचरौतामा क.दिलमहोमदको नेतृत्वमा ५ जना सदस्यहरु खटाईएको बारा जिल्ला सेक्रेटरी भिष्मकुमार शाही क.बिक्रमले जानकारी दिनु भयो ।

अहिले सम्म जिल्ला भरि २० वटा ठाँउमा ३५ वटा नारा लेखेको र ४०० पोस्टर टासि सकेको छ । बारा जिल्लामा प्रचारको काम व्यापक गर्न थप पोस्टर र प्रचार छापेर पोस्टरिङ्गको काम तिब्र पारिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति वाराले नवौं महाधिवेसनलाई उत्सवको रुपमा मनाईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।