२२ भाद्र २०८१, शनिबार

अखिल (समाजवादी) दाङद्वारा घोराहीको काठेकोल मा.वि.मा हाजिरीजवाफ प्रतियोगिता

0

घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) दाङले सरस्वती माद्यामिक विद्यालय काठेकोलमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
संगठनले प्रत्येक महिनाको पहिलो शुक्रबार रचनात्मक कार्यक्रम गर्ने निर्णय अनुसार आज सरस्वती मा.वि.मा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको जानकारी दिएको छ ।

संगठनले डिप्लोमा इन आइटि पढ्ने विद्यार्थीहरुलाई ५ वटा समुहमा विभाजन गरि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समुहलाई पुरस्कार स्वरुप डायरी, कापी, कलम प्रदान गरिएको थियो भने सहभागी अन्य समुहलाई पनि १/१ प्रति कलम वितरण गरिएको हो ।

अखिल (समाजवादी) दाङका संयोजक खुम सीको सञ्चालन एवम सहजीकरणमा भएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज खुमन सी, संगठनका केन्द्रीय सदस्य एवम २ नं. क्षेत्र इन्चार्ज दिपक सी, संगठनका जिल्ला समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगितामा बोल्दै संगठनका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज खुमन सीले विद्यार्थीहरुको सर्वाङ्गिन विकासका लागि संगठन प्रतिबद्ध रहेको बताएका थिए ।

उनले भने – ‘विद्यार्थीहरुसंग सैद्धान्तिक ज्ञान मात्रै भएर हुँदैन । नौजवान युवा-विद्यार्थीले देश बुझ्नुपर्छ । हामीले हाम्रो माटो बुझ्नुपर्छ । देशमा केही हुँदैन सबै विदेश जानुपर्छ भनेर जबर्जस्त निराशाको खेती गर्न खोजिएको छ त्यसलाई क्रान्तिकारी विद्यार्थीहरुले तोडिदिनुपर्छ । हामी अहिलेको शिक्षा प्रणाली र पद्धतिको रुपान्तरण चाहेका छौँ । हामी अहिलेको शिक्षालाई बदलेर श्रमसंग जोडिएको, उत्पादनमा जोडिएको समाजवादी शिक्षा प्राप्तिका लागि लडिरहेका छौँ ।’

हामी प्रत्येक महिनाको पहिलो शुक्रबार रचनात्मक कार्य गर्ने भनेर निर्णय गरेका छौँ ।’, उनले थप भने, ‘हामीले सांगठनिक अभियान मात्रै थालनी गर्ने सोचेका छैनौं अब विद्यार्थीसंग रचनात्मक कार्यक्रम सहित आउनेछौँ । हामी प्रत्येक महिनाको पहिलो साताको शुक्रबार यस्तै कार्यक्रम गर्छौं यसले तपाइँहरुको समग्र विकासको नेतृत्व गर्नेछ । सबै युवा-बिद्यार्थीहरु एकपटक अखिल (समाजवादी)को झण्डामुनी गोलबन्द हुन अपिल गर्दछौं ।’

कार्यक्रममा सहभागी विद्यार्थीहरुले संगठनले थालेको अभियानको सकारात्मक प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।