११ बैशाख २०८१, मंगलवार

नेकपाद्धारा बाढी पीडितको उद्धार

0

भक्तपुर । २०७९ श्रावन २५ गते राति भिषण वर्षाका कारण भक्तपुर मनहरा खोला वारीपारीका सुकुमबासी बस्तीहरु दुवानमा परेकोले नेपाल कम्युनिस्ट पार्टी काडमाण्डौ र भक्तपुरले उद्धार गरेको छ ।

              नेकपाका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्र्चाज सवित्रा दुरा आस्थाको नेतृत्वमा काठमाण्डौ जिल्ला सेक्रेटरी राजेन्द्र विषेश कमिति सदस्य ईच्छुक भक्तपुुर जिल्ला सेक्रेटरी  विजयलगायत भक्तपुर काठमान्डौँका जिल्ला पार्टीको सहयोगमा उद्धार गरिएको थियो ।

मनहरा खोला वारी पारीका बस्तीहरुमा बाढीको दुवानमा परेका सामाग्रीहरु निकाल्नको साथै हिलो कसिङ्गरहरु सफा गरी बस्न लाएक बनाएका छन् । स्थानीय बासीहरु रमिटे हेर्न धेरै आए तर भौतिक रुपले हाम्रो दुःखमा साथ सहयोग दिएकोमा पार्टीलाई धन्यवाद दिए । मनहरामा सहभागी भएका दुईवटै जिल्लाका उद्धारकर्मीहरुले पीडितको सेवा गर्नु आफ्नो कर्तव्य भएको बताए ।

जग्गा पलोटिङ गर्नेहरुको लापरबाहीले गर्दा कतिपय खोला किनाराहरु साँगुरा भएका कारण बाढी बस्तीमा छिरि क्षति पु¥याएकोले केन्द्रिय सदस्य क. आस्थाले नेपाल सरकार र सरोकारवालाहरुलाई बाढी निकासको लागी र बस्ती सुरक्षाको लागी आवश्यक सहयोग गर्न माग गर्नु भएको छ ।

   


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।