१३ बैशाख २०८१, बिहीबार

अखिल (क्रान्तिकारी) म्याग्दीको विस्तारित वैठक सम्पन्न

0

म्याग्दी । अखिल (क्रान्तिकारी) म्याग्दीको १९औं जिल्ला सम्मेलन आयोजक समितिको वैठक नेपाल कम्युनिस्ट पार्टीको जिल्ला कार्यालय म्याग्दी वेनीमा सम्पन्न भयो ।

नेकपाका जिल्ला सेक्रेटरी उषाकोको प्रमुख आथित्यतामा सम्पन्न वैठकको विशेष अथिति अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज प्रकाश वास्तोला, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष पुरण पुन मगर, पार्टीका जिल्ला कार्यालय सचिव फिल्टर र जनपत्रकार संगठनका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला संयोजक वादल शाहीको आथित्यता रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको नवौ महाधिवेशन रफ्टारमा जवस मोर्चाहरू पनि सकृयताकासाथ आफ्ना गति विधिहरू दुर्तगतिमा अगाडि वधाएका छन् । रोहित खातिको अध्यक्षता तथा सञ्चालनमा वसेको वैठकले २१ सदस्यिय जिल्ला सम्मेलन आयोजक समिति पनि गठन गरेको छ ।

संगठन तथा प्रचार विभागमा प्रमुखमा विशाल परियार, छात्रा बिभाग प्रमुख सन्तोषी खाति रहेका छन् । संगठन विस्तार, महाधिवेशन केन्द्रित वालपेन्टिङ, पोष्टर पम्पलेट तथा अविभावक भेटघाटलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।

वैठकमा विध्यार्थी आन्दोलन र समाज रूपान्तरणको विषय संगसंगै विध्यार्थीले आधारभूत पत्रकारिताका वारेमा पनि जान्नु पर्ने आवश्यकता पत्रकार संगठनका संयोजक वादल शाहीले औल्याउँनु भयो । प्रमुख अथिति, विशेष अथिति तथा अथितिहरूले समाज असल वनाउने कि खराव भन्ने कुरा विध्यार्थीवाटै शुरूवाट हुने भएकोले सम्पुर्ण विध्यार्थीलाई संगठित प्रशिक्षित गर्दै लैजानु पर्ने धारणा राख्नुभयो ।

किशोर किशोरी विध्यार्थीहरू कुलतमा लाग्ने अवस्था अहिलेको संसदिय व्यवस्थाले रोक्न नसकेकोले वैज्ञानिक शिक्षा अविलम्व पठनपाठनको लागि अहिलेको अर्ध मृत्यु व्यवस्था र सरकारलाई दाहासंस्कार गरेर एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको संघर्ष गर्नुपर्ने वताउनु भयो ।

देशी तथा विदेशी दलालहरू आत्तियर विभिन्न वहाना र नाटक मञ्चन गरिरहकोले सतर्कताका साथ देश र जनताकै लागि जागै वस्नु पर्ने धारणा राख्नुभयो । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार वीच भएको ३ वुँदे सहमतिलाई उलङ्घन गर्ने गरि पार्टीका नेताहरूलाइ ललितपुर जिल्ला अदालतको ३५ दिने म्याद तामिलि खेदजनक रहेको भन्दै प्रमुख अथिति उषाले देश र जनताको पक्षमा आवाज उठाउन र सर्वहारा वर्गको मुक्तिको लागि एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि अदिकताका साथ अगाडि वढ्ने धारणा राख्नुभएको थियो ।


साथै महाधिवेशन प्रचार प्रसार तथा संगठन विस्तार संगसंगै प्रकाश माविमा शिक्षक विध्यार्थी परिचय भेटघाट तथा म्याग्दी क्याम्पसमा विध्यार्थी संगठन विस्तार गरिएको जिल्ला संयोजक रोहित खातिले जनपत्रिकालाई जानकारी गराउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।