३ आश्विन २०८१, बिहीबार

युवा संगठन नेपाल बुटवल उपमहानगरपालिकाकाे भेलाले २५ सदस्यीय कमिटी चयन

0

बुटवल । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल बुटवल उपमहानगरपालिकाकाे भेला सम्पन्न भएको छ । भेलाले मनबहादुर थापाकाे अध्यक्षतामा २५ सदस्यीय उपमहानगरपालिका कमिटी निर्माण गरेकाे छ ।

भेलालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद सीले युवा संगठन नेपाल वैचारिक संगठन भएको बताए । उनले नेपाली जनयुद्धमा थुप्रै युवाहरुकाे त्याग, तपस्या र बलिदान भएको र युवा देश परिवर्तन गर्ने संवाहक भएको बताए । उनले अहिलेकाे गणतन्त्र सारमा लुटतन्त्र भएको र यसलाई उल्ट्याउन एकीकृत जनक्रान्तिकाे कार्यदिशामार्फत युवा संगठनले उत्पीडित श्रमजीवी वर्गको सत्ता निमार्णमा लाग्नुपर्ने बताए ।
नेकपाका केन्द्रीय सदस्य नवीन सीले दलाल सरकारले देशमा संकट पैदा गरेकोे र जनताले दलाल सरकारको विकल्प खाेजिरहेकाे बताउँदै दलाल सरकारको अन्त्य गरि नेपाली विशेषताकाे समाजवाद निर्माणकाे लागि युवा संगठन नेपाल अग्रपंक्तिमा लाग्नुपर्ने बताए । नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सीले देशमा भएको अनियमितता भ्रष्टाचार गर्ने दलाल नाइकेहरुलाई अदालत परिसरमै पुगेर देशकाे सबैभन्दा भ्रष्टाचार गर्ने तिमीहरु हाे भन्दै कालाे माेसाे दल्ने युवा संगठन भएको बताए ।

उनले समाजमा भएका लागुओैषध, अनियमितता, भ्रष्टाचार र राेजगार सिर्जनाका लागि सहि ढंगबाट युवा संगठनले आवाज उठाउनुपर्ने बताए । कार्यक्रममा युवा संगठनका केन्द्रीय सदस्य भक्त सी, अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी प्रदेश संयाेजक बिहानी सी, रुपन्देही जिल्ला पार्टी कार्यलय सचिव एन बि सी, नेकपा बुटवल नगर सेक्रेटरी विज्ञान सी, युवा संगठन नेपालका पूर्व जिल्ला अध्यक्ष महेन्द्र सी, अखिल (समाजवादी) रुपन्देही अध्यक्ष पदम सी लगायतले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए ।
कार्यक्रममा सामना सांस्कृतिक परिवारकी गायिका रेश्मी सीले गीत प्रस्तुत गरेकी थिइन् भने कार्यक्रममा प्यानल प्रस्ताव युवा संगठन नेपालका जिल्ला अध्यक्ष हरि सीले गरेका थिए कार्यक्रम शिव सीकाे अध्यक्षता र पदम सीकाे सञ्चालन र नन्दु सीकाे स्वागत मन्तव्यमा सम्पन्न भएको थियाे ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।