१२ बैशाख २०८१, बुधबार

नेकपा राइनास नगरपालिका नगर भेला सम्पन्न

0

लमजुङ । नेपाल कम्युनिस्ट पार्टी लमजुङले राइनास नगर पालिकामा नगर स्तरीय भेला सम्पन्न गरेको छ । उक्त भेलाको अध्यक्षता जिल्ला समिति सदस्य रबिन्द्र नखोलाले गर्नु भएको थियोे । भेलाको प्रमुख अतिथिमा जिल्ला सेक्रेटरी जेबि भण्डारी आक्रोशले गर्नु भएको थियोे । कार्यक्रमको स्वागत मन्तव्य हर्क नेपालीले गर्नु भएको थियोे ।

अतिथिहरु शहिद बल बहादुरको भाइ गोबिन्द विक, श्रमिक समुदाय लमजुङका जिल्ला सदस्य चन्द्र किसान महासंघ लमजुङका जिल्ला सदस्य सन्तोष हुनुहुन्थ्यो । उक्त भेलाले हर्क नेपालीको नेतृत्वमा ११ सदस्य नगर कमिटी गठन गरेको छ ।

भेलालाई प्रशिक्षण दिदै प्रमुख अतिथि आक्रोशले राज्यलाई तीन बुँदे सहमति कार्यान्वयन गरेर देश र जनतालाई अन्योल अवस्थाबाट मुक्त गर्न आग्रह गर्दै तीन बुँदे सहमति उल्लंघन गरेर ठुलो भुल गरेको भन्दैे राज्य जसरी आउँछ आफ्नो पार्टी त्यसको सामना गर्न तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।