६ जेष्ठ २०८१, आईतवार

नेकपा सिन्धुपाल्चोकको बैठक सम्पन्न, पक्राउ पुर्जी तत्काल खारेज गर्न माग

0

नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक जिल्लाको १७ औँ पूर्ण बैठक चौतारा नगरपालिकाको सुकुटे बजारमा सम्पन्न भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आधारको प्रमुख आतिथ्यता तथा जिल्ला सचिव युगीनको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ

बैठकले सरकारले तीन बुँदे सहमति विपरित महासचिव विप्लवलगायत नेता कार्यकर्ताहरुविरुद्ध जारी गरेको पक्राउ पुर्जी, झुठ्ठा मुद्दा तत्काल खारेजीको माग गरेको छ ।

त्यसैगरी बैठकले राष्ट्रघाती सम्झौता एमसीसी, एसपीपी, महंगी र भ्रष्टाचारको विरुद्ध जनसंघर्ष गर्ने,
अगामी असोज १ गते काठमाडौँमा उद्घाटन हुने पार्टीको नवौँ महाधिवेशन भव्य रुपमा सफल पार्नको लागि व्यापक रुपमा जनपरिचालन गर्ने र जनमास तयार गर्ने, जिल्ला सम्मेलन भदौ १७ र १८ गते गर्ने,
भदौ ७ गते चार दलले आह्वान गरेको नेपाल बन्दको कार्यक्रमलाई सफल गर्न सम्पूर्ण सिन्धुबासि जनसमुदाय, बुद्धिजीवि, कर्मचारी, देशभक्तm, उत्पीडित वर्ग, पत्रकार राजनीतिक पार्टी र सरोकार निकायलाई अपिल गर्ने लगायतका निर्णय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।