२५ बैशाख २०८१, मंगलवार

नेकपा गोरखा नगरपालिकाको दोस्रो भेला सम्पन्न

0

गोर्खा । नेपाल कम्युनिस्ट पार्टी गोर्खा जिल्ला अन्तरगत गोरखा नगरपालिकाको दोस्रो भेला नेकपा केन्द्रिय सदस्य तथा कास्की/गोरखा इन्चार्ज कमरेड उमा भुजेल ‘शिलु’ को विशेष उपस्तिथिमा सम्पन्न भएको छ ।

 

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि भुजेलले आफ्नो पार्टी तीन बुँदे सहमति प्रती इमान्दार भए पनि राज्यले राजनीतिक बेइमानी गरेको बताइन ।

पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगाएतका नेता कार्यकर्ता माथीको पक्राउ पुर्जीका विरुद्ध पार्टीले डटेर सामना गर्ने समेत नेतृ भुजेलले बताइन ।

कार्यक्रममा जिल्ला सेक्रेटरी कपिल भट्ट, विशेष समिती सदस्य योगेन्द्र कुमाल, सहिद भीष्म कुमालको श्रीमती मैतिदेबी कुमाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए भने बधाई मन्तव्य युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला संयोजक रण बहादुर गुरुङले राखेका थिए । त्यस्तै गरि भेलाको सञ्चालन सुजन गुरुङ र अध्यक्षता कृष्ण बहादुर अधिकारीले गरेका थिए । भेलाले कृष्ण अधिकारीको नेतृत्वमा २७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।