८ माघ २०८१, मंगलवार

बर्दिया बलात्कार घटनाको दोषीलाई तत्काल कारबाही गर्न अखिल (समाजवादी) काे माग

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) ले बर्दिया बलात्कार घटनाको घोर भत्सर्ना गर्दै दोषीलाई तत्काल कडा कारबाही गर्न माग गरेको छ । उक्त संगठनका छात्रा विभाग प्रमुख प्रितिमा सीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकी हुन् ।
बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २ राझा निवासी प्रियंका बिसी (नाम परिवर्तित ) माथि भएको अमानवीय र घृणित बलात्कार घटनाप्रति अखिल (समाजवादी) छात्रा विभागले गहिरो आक्रोश व्यक्त गर्दै घोर भत्सर्ना गरेको छ ।
उक्त विज्ञप्तिमा भनिएको छ – ‘यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय, र नागरिक समाज सबैको सामूहिक प्रयास आवश्यक छ । साथै महिला तथा बालिका सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा हाम्रो जोडदार माग गर्दछौं । अखिल (समाजवादी) छात्रा विभाग बलात्कार तथा महिला हिंसाका सबै प्रकारका घटनाहरूको अन्त्यका लागि कटिबद्ध छ । समाजका सबै जिम्मेवार नागरिकलाई पनि यस्तो अमानवीय कार्यविरुद्ध एकजुट भएर अघि बढ्न अपिल गर्दछौं । न्यायको माग पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’

प्रेस विज्ञप्तिकाे पूरा पाठ-

बर्दिया जिल्लाको बासगढी नगरपालिका वडा नम्बर २ राझा निवासी प्रियंका बिसी (नाम परिवर्तित) माथि भएको अमानवीय र घृणित बलात्कार घटनाप्रति अखिल (समाजवादी) छात्रा विभाग गहिरो आक्रोश व्यक्त गर्दै घोर भत्सर्ना गर्दछ । उक्त घटनामा संलग्न अपराधीहरू भरत डाङ्गी, सौगात विक, सुदिप विक, र प्रविण ओली लगायत चार जनाले गरेको यो कुकर्म हाम्रो समाज र मानवताको लागि लज्जास्पद र असहनीय छ ।
यस्ता जघन्य अपराधलाई जरा फुकाउन र समाजलाई सुरक्षित, न्यायपूर्ण र मर्यादित बनाउनु हाम्रो सामूहिक दायित्व हो । पीडितका परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दै घटनाका दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन र कडा भन्दा कडा सजाय दिन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं । यस प्रकारका अपराधहरूको अन्त्यका लागि सरकार, न्यायालय र नागरिक समाज सबैको सामूहिक प्रयास आवश्यक छ । साथै महिला तथा बालिका सुरक्षाका लागि प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयनमा हाम्रो जोडदार माग गर्दछौं ।
अखिल (समाजवादी) छात्रा विभाग बलात्कार तथा महिला हिंसाका सबै प्रकारका घटनाहरूको अन्त्यका लागि कटिबद्ध छ । समाजका सबै जिम्मेवार नागरिकलाई पनि यस्तो अमानवीय कार्यविरुद्ध एकजुट भएर अघि बढ्न अपिल गर्दछौं । न्यायको माग पूरा नभएसम्म हाम्रो संघर्ष जारी रहनेछ ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।