२४ पुष २०८१, बुधबार

गुमिसकेको जग्गा नेकपा नवलपुरले टहरा निर्माण गरी फर्काइदियो

0

नेकपा नवलपूरले जग्गा कब्जा गरी टहरा निर्माण गरिदिएपछि यतिबेला नवलपूर मध्यबिन्दु घर भएका शमशेर कुवँर खुसी छन् ।
२०४४ सालमा शमशेर कुवँरले आफ्नो १० कठ्ठा ९ धुर जग्गा तत्कालिन वडा अध्यक्ष प्रमोद कार्कीलाई बेचेका थिए । तर उक्त जग्गा २०८० सालमा पुन: नापी हुँदा १ कठ्ठा ५ धुर जग्गा ब्लक जग्गा निस्कियो । उनले पटकपटक उक्त जग्गा आफ्नो रहेको र आफूलाई उपलब्ध गराउन भन्दै आग्रह गर्दापनि कसैले वास्ता गरेन । बाध्यात्मक अवस्थामा बेचेको नम्बरी जग्गाको फाइदा उठाउदै ब्लकको जग्गासमेत कब्जा गर्ने उद्देश्यले कार्की लागेको भन्दै वडामा समेत उनले उजुरी दिए । तर कहिकतैबाट सुनुवाई नभएपछि नेकपामा निवेदन लिएर आएका र उनको निवेदन अध्ययन गर्दा अन्याय परेको देखिएकोले नेकपा नवलपूरले सङ्घर्ष गरेर उनलाई न्याय दिलाउन भूमिका खेलेको नेकपा नवलपूरका नेता रक्षक सीले जानकारी दिए ।
नेकपाले उक्त जग्गाका मालिक भनिएका प्रमोद कार्कीसङ्ग छलफलसमेत गर्दा उनले अडान नछोडेपछि नेकपाले न्यायीक निर्णय गर्दै उक्त जग्गा कब्जा गरेर सोही जग्गामा टहरो निर्माण गर्ने कार्य गरेको र उक्त कार्यमा पार्टीका विभिन्न तहका नेता कार्यकर्ता साथै स्थानीय जनताको समेत उलेख्य उपस्थिति रहेको नेकपा नवलपूरका सेक्रेटरी सुमन सीले बताए ।
नेकपाले पछिल्लो समय सङ्गठनसङ्गै सङ्घर्ष र उत्पादनसहितको राजनीतिक कार्यक्रमहरु अघि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।