१४ बैशाख २०८१, शुक्रबार

दिवंगत लोकपाल के. सी. क. महेन्द्रको शोक कार्यक्रम सम्पन्न

0

सल्यान । नेपाल कम्युनिस्ट पार्टीका विशेष कमिटी सदस्य लोकप्रिय नेता दिवंगत लोकपाल के. सी. क. महेन्द्रको १२ औं दिनमा शोक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला डिसीएस क. नारायणले क. लोकपालको असामयिक निधनले सिङ्गो पार्टी र सल्यानी जनता शोकमग्न भएको र क. लोकपालको निधनले सल्यानी जनता र सिङ्गो पार्टीलाई अतुलनीय क्षेती भएको बताउँनु भएको छ ।

लोकपालले गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा योगदान, सामाजिक क्षेत्रका सबै पाटोमा क. लोकपालले अमुल्य योगदान गरेको यो योगदानलाई सल्यानी जनता र नेपाल कम्युनिस्ट पार्टीले संरक्षण गर्ने पार्टीका केन्द्रिय सदस्य क. सबिन पोख्रेलले प्रतिबद्धता व्यक्त गर्नु भयो ।

साथै कार्यक्रममा नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष हरि के. सी., नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकी , नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य नवराज खड्का र नेकपा माओवादी केन्द्र धुर्बराज भण्डारीको सहभागितामा ठुलीखर्कका जनसमुदायको उपस्थितिमा शोक कार्यक्रम सम्पन्न भयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।