२६ पुष २०८१, शुक्रबार

भूकम्पको कारण ज्यान गुमाउने चिनियाँ नागरिकप्रति नेकपाद्वारा श्रद्धाञ्जली

0

काठमाडौँ/ हालै गएको भूकम्पका कारण ज्यान गुमाउने चीनिया नागरिकप्रति नेपाल कम्युनिस्ट पार्टीले श्रद्धाञ्जली व्यक्त गरेको छ। नेकपा अन्तर्राष्ट्रिय विभाग सचिव खगेश्वर सीद्वारा आज जारी विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपले निम्त्याएको यस दुःखद् घडीमा, हामी हाम्रो मित्रराष्ट्र जनवादी गणतन्त्र चीन, चिनीयाँ सरकार र चिनियाँ जनताप्रति सहानुभूति प्रकट गर्दछौं भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।

सचिव खगेश्वर सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी प्रतिवेदन अनुसार कम्तीमा १२६ जनाको ज्यान गएको, लगभग २०० जना घाइते भएको र हजारौंले आफ्नो घर गुमाएका छन् । भूकम्पको शक्तिशाली पराकम्पन, भूकम्प गएको क्षेत्रको विशेषता, चिसोको प्रतिकूलताको कारण अझ बढि जटिलता थपिन सक्ने सम्भावनाप्रति हामी चिन्तित पनि छौं । यो अन्त्यन्तै दुःखद् घडीमा हामी चिनीयाँ जनताको साथमा रहेको जानकारी गराउन चाहन्छौँ समेत भनिएको छ।

“जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्र शिगात्से शहरको डिङग्रीमा केन्द्रबिन्दु बनाएर २०८१ पुस २३ गते स्थानीय समय बिहान ९ः०५ मा गएको ६.८ म्याग्निच्युडको भूकम्प पछिको क्षतिले नेपाल कम्युनिस्ट पार्टी मर्माहत एवं स्तब्ध भएको छ । उक्त भूकम्पबाट प्रभावित चीन, नेपाल, भारत, बंगलादेश र भुटानका सम्पुर्ण नागरिकप्रति नेपाल कम्युनिष्ट पार्टी दुःख व्यक्त गर्दछ” भनी जारी विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ-


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।