
धादिङ: नेपाल कम्युनिस्ट पार्टी धादिङको छैठौं पूर्ण बैठक सम्पन्न भएको छ ।
मंगलबार जिल्ला सदरमुकाम धादिङवेशीमा बसेको बैठकको अध्यक्षता तथा सञ्चालन पार्टी सेक्रेटरी सृजनले गरेका थिए ।
बैठकले महाधिवेशन विशेष अभियानलाई जोड दिएको छ । बैठकमा सेक्रेटरी सृजनले पार्टीका नेतृत्वसहित शिर्ष नेताहरुमाथि ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी तीन बुँदे सहमति विपरीत भएको र सरकारका यस्ता रवैयाले देश द्वन्द्वतिर धकेल्न खोजेको बताए ।
ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि ४ दलीय मोर्चाले चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । संघर्षका कार्यक्रमलाई दृढतापुर्वक कार्यान्वयन गर्ने निर्णय समेत जिल्ला बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस्