१६ चैत्र २०८०, शुक्रबार

नेकपा दाङले सिडियोलाई ज्ञापनपत्र बुझाउँदै भन्यो, ‘पक्राउ पुर्जी खारेज गरियोस्’

0

घोराही: नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापनपत्र पेश गरेको छ ।
आज नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितल, पार्टीका जिल्ला सेक्रेटरी प्रदिपसहितका सयौं नेता-कार्यकर्ताको उपस्थितिमा ज्ञापनपत्र पेश गरिएको हो ।

नेकपाका नेता-कार्यकर्ताहरु आज जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई तीन बुँदे सहमति विरुद्ध जारी गरिएको पक्राउ पुर्जी खारेजीको माग सहितको ज्ञापनपत्र पेश गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय दाङमार्फत सम्माननिय प्रधानमन्त्री, प्रधानमन्त्रीको कार्यालय सिंहदरबार काठमाडौंलाई बुझाइएको ज्ञापनपत्रमा नेकपासँग संयुक्त रणैनैतिक संयुक्त मोर्चाका ४ कम्युनिस्ट पार्टीले ४ बुँदे ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

ज्ञापनपत्रमा सरकारले सम्पूर्ण बन्दीहरुको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेजीको प्रक्रिया अबिलम्ब थालनी गर्नुपर्ने, पार्टीका महासचिव, प्रवक्ता लगाएतका नेता कार्यकर्तामाथि जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने, राज्यले नेपाल कम्युनिस्ट पार्टीलाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यहरुको थालनी गर्न पहल गर्नुपर्ने, राज्यले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्नुपर्ने लगायतका मागहरु पेश गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।