१६ चैत्र २०८०, शुक्रबार

नेकपा सिन्धुपाल्चोकले पक्राउ पुर्जी यथासिघ्र खारेज गर्न माग गर्दै बुझायो ज्ञापनपत्र

0

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबिच भएकाे तीन बुँदे सहमति कार्यान्वयन, महासचिव विप्लव लगायतका नेताहरुमाथि ललितपुर जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी यथासिघ्र खारेज, राजबन्दी रिहाइ , एमसीसी र एसपीपी खारेज गर्न माग गर्दै नेकपा सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी युगीनको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालमार्फत प्रधानमन्त्री देउवालाई उक्त ज्ञापनपत्र बुझाएको हो ।
महासचिव विप्लव लगायत नेताकार्यकर्ताका विरूद्व ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा लगायत ४ कम्युनिस्ट पार्टीद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरिएको छ । सोही अनुसार आज ज्ञापनपत्र बुझाएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।