१६ बैशाख २०८१, आईतवार

उदयपुर, ओखलढुङ्गा, खोटाङ, भोजपुर र संखुवासभा जिल्ला समितिद्वारा ज्ञापनपत्र पेश

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टीले आज देशभर जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकार बीच भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न, राष्ट्रघाती एमसीसी र एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेकपा महासचिव विप्लव लगायत नेताहरुलाई जारी गरिएको पक्राउ पुर्जी खारेज गर्नुपर्ने र बढ्दो महङ्गी, भ्रष्टाचार, कालाबजारी नियन्त्रण गर्न लगायतका माग राख्दै नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट पार्टीद्वारा घाेषित चरणबद्ध संघर्षको कार्यक्रमअन्तर्गत उक्त ज्ञापनपत्र बुझाएको हो ।
नेकपा उदयपुर, ओखलढुंगा, भोजपुर, संखुवासभा जिल्ला समितिमार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबारमा माग पत्र बुझाइएको हो  ।    


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।