१५ बैशाख २०८१, शनिबार

नेकपाद्वारा देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश

0

नेपाल कम्युनिस्ट पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेश गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबिच भएकाे तीन बुँदे सहमति कार्यान्वयन हुनुपर्ने, महासचिव विप्लव लगायतका नेताहरुमाथि ललितपुर जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी यथासिघ्र खारेज गर्नुपर्ने, एमसीसी र एसपीपी खारेज गर्नपर्ने, बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, झुठ्ठा मुद्दाहरु खारेज गर्नुपर्ने मागसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालय, भक्तपुर, ललितपुर, कञ्चनपुर, कैलाली, कालिकोट, दैलेख, दाङ, राेल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, रुपन्देही कास्की, गाेरखा, पाल्पा, म्याग्दी, रुकुम, सल्यान, अछाम, बाग्लुङ, स्याङ्जा, लमजुङ, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, तेह्रथुम, सर्लाही, उदयपुर, ओखलढुङ्गा, संखुवासभा, भाेजपुर, झापा लगायत देशभर आज नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले घाेषणा गरेको संघर्षको कार्यक्रम अनुसार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

यसै क्रममा नेकपासहित २ पार्टीले गुल्मीमा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र पेश गरेका छन् ।
नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको सहभागिता रहेको माग पत्र पेश कार्यक्रममा नेकपाले ३ बुँदे सहमति सरकारले लागु गर्नुपर्ने, बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने माग गरेका छन् ।
माग पत्र पेश गर्दै नेकपा जिल्ला सेक्रेटरी सुमनले देउवा प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले महासचिव विप्लव, प्रकाण्डलगायत नेता कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी काटेर ३ बुँदे सहमति अघोषित रुपमा भंग गरेको बताए । उनले सरकारले आफुहरुमाथि दमन गरे प्रतिरोध गर्ने बताउँदै नेकपामाथिको घेराबन्दी साम्राज्यवादको योजनामा गरिएको बताए । उनले बन्दीहरुलाई तत्काल रिहा गर्नुपर्ने, झुठा मुद्दाहरु खारेज गर्नुपर्ने र एमसीसी सम्झौता तत्काल खारेज गर्नुपर्ने बताए ।

जिल्ला प्रशासन कार्यालय पाल्पा तानसेनवाट पनि प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाईएको छ । ज्ञापन पत्र वुझाउन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईञ्चार्ज भृकुती, जिल्ला सेक्रेटरी नेपाललगाएत जवस मोर्चाका जिम्मेवारहरुको पनि सहभागिता थियो ।

माग पत्र पेश कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालले मागपत्र उठाइएको विषय सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी तेह्रथुमले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यलय, दैलेखमार्फत नेपाल सरकारका प्रधानमन्त्री शेर बहादुर देउवालाई आज ज्ञापनपत्र बुझाइएकाे छ । नेपाल कम्युनिस्ट पार्टी दैलेखका सेक्रेटरी कलम विश्वकर्मा (दिपेन्द्र), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका टाेपेन्द्र नेपाली लगायतकाे सहभागिता रहेकाे थियाे । नेकपा जिल्ला सेक्रेटरी कलम विश्वकर्माले ज्ञापनपत्र वाचन गरेका थिए ।

           

त्यस्तै नेपाल कम्युनिस्ट पार्टी नुवाकोटले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी बागलुङले पनि जिल्ला प्रशासन कार्यालय बागलुङमा आज ज्ञापनपत्र बुझाएको छ।
महासचिव विप्लव लगायत पार्टीका नेता कार्यकर्ता विरुद्ध ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी जारी गरेपछि नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । सोही अनुसार आज भाद्र १ गते ज्ञापनपत्र बुझाएको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।