७ बैशाख २०८१, शुक्रबार

नेकपा बबई गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न

0

हापुरे: नेपाल कम्युनिस्ट पार्टी बबई गाउँपलिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न दोस्रो सम्मेलनले रण बहादुर वलीलाई सेक्रेटरी चयन गर्दै १५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी चयन गरेको छ ।

दोस्रो सम्मेलनद्वारा निर्वाचित सदस्यहरुमा दिल बहादुर,भक्त बहादुर नेपाली, प्रेम प्रकाश भण्डारी, तारा वली,टिकाराम विक, मालती राणा, बिन्दु वली, मोति केसी, पवित्रा डाँगी, लालमती खड्का, दोवाराम वली, मान बहादुर वली, टेक बहादुर खत्री(भुवन) रहेका छन् ।     

नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो सम्मेलनमा नेकपा दाङ जिल्ला कमिटी सदस्य प्रतिरोध, मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सहिद परिवार मालती राणा, अखिल नेपाल किसान महासंघ बबई गाउँपालिका अध्यक्ष टेक बहादुर खत्री, अनेमसंघ क्रान्तिकारीका बिन्दु वली र बयोबृद्द पाका कम्युनिस्ट नेता दोवाराम वली लगाएतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए ।

दिल बहादुरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका सेक्रेटरी रण बहादुर वलीले गरेका थिए भने कार्यक्रमको संचालन हिक्मतले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।