![](https://janapatrika.com/wp-content/uploads/2022/08/received_2307922842694023.jpeg)
धनगढी: नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको चार दलीय मोर्चाले सुदुरपश्चिमका सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
नेपाल कम्युनिष्ट पार्टीसँगको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने, सम्पूर्ण राजबन्दीलाई रिहाइ गरिनुपर्ने, नेकपा नेताकार्यकर्ताका नाममा लगाइएका सम्पूर्ण झुट्टा मुद्धा खारेज गरिनुपर्ने ,एमसीसी लगायतका सम्पूर्ण राष्ट्रघाती सम्झौता खारेज गरिनुपर्ने लगायतका माग राखि संघर्षमा उत्रिएको चार दलीय मोर्चाले केन्द्रीय कार्यक्रम अन्तर्गत बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
कैलालीमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य टेकबहादुर शाही, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका दलबहादुर ओखेडा, नेपाल कम्युनिष्ट पार्टीका कैलाली सेक्रेटरी गणेश ढकाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका उपाध्यक्ष रङ्गनाथ ढकाल लगायतको टोलीले ज्ञापनपत्र बुझाउदै अविलम्ब आफ्ना माग पुरा गर्न अनुरोध गरे ।
कञ्चनपुरमा नेकपा सेक्रेटरी प्रकाश मल्ल, अछाममा सेक्रेटरी सरिता चलाउने, बाजुरामा नेकपा नेता भरत थापा, बझाङमा सेक्रेटरी वि पि उपाध्याय, दार्चुलामा सेक्रेटरी भरत मल्ल, बैतडीमा सेक्रेटरी रामसिंह कुँवर, डडेल्धुरामा सेक्रेटरी विजय नेतृत्वका टोलिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको नेकपा केन्द्रीय सदस्य भगतसिंहले जानकारी दिए ।केन्द्रीय कार्यक्रम भाद्र १ गते भए पनि सो दिन सुदुरपश्चिममा ओल्के पर्वको अवसरमा प्रदेश सरकारले बिदा दिएपछि भाद्र २ गते ज्ञापनपत्र बुझाइएको हो ।