१३ बैशाख २०८१, बिहीबार

आकाश र रविन ने.क.प. (बहुमत)वाट पुनः नेपाल कम्युनिस्ट पार्टीमा

0

मोरङ । नेपाल कम्युनिस्ट पार्टी बहुमते को मोरङ जिल्ला सचिवलय सदस्य तथा युवा जनस्वयम सेवक नेपालको केन्द्रीय सचिवलय सदस्य तथा एक नम्बर प्रदेस इञ्चार्ज क.आकास श्रेष्ठ र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य मोरङ जिल्ला संयोजक क. रबिन पौडेलले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) र यसले लिएको राजनितिक कार्यदिशाबाट बैज्ञानिक समाजवादी क्रान्ति सम्भब नहुने निस्कर्ष सहित पून नेपाल कम्युनिष्ट पार्टीमा नै फर्किएका छ्न ।

उनिहरुले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन – ‘ पछिल्लो समय घर्मेन्द्र/सुदर्शन गुटले गठन गरेको कथित ने.क.पा. (बहुमत)ले समाजमा अनावश्यक भ्रम फैलाएको प्रति हाम्रो आपत्ति छ । कथित बहुमत पार्टीले न यो देशमा क्रान्ति गर्छ न त क्रान्ति गर्ने योजना छ । त्यसैले यो त धर्मेन्द्र/सुदर्शनको गुटको झुण्ड मात्रै भएकोले हामी पनि यो पार्टीमा रहनुको कुनै औचित्य नभएको कारण हामि निरन्तर एकीकृत जनक्रान्तिको पक्षमा अगाडि बढेर मात्रै बैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भन्ने हाम्रो बुझाई रहेको हुनले हामी कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युष्टि पार्टीमा रहेर एकीकृत जनक्रान्तिको कार्यदेशामा निरन्तर अगाडी बढ्ने जानकारी यसै प्रेस विज्ञप्त मार्फत सार्वजनिक गर्न चाहन्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।