१३ बैशाख २०८१, बिहीबार

विकट बस्तीमा अखिल (क्रान्तिकारी) ले बनायो विद्यालय, ५० जना बालबालिकाले पाए शिक्षाको ज्याेति

0

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङ जिल्लाको बेनीघाट-रोराङ्ग गाउँपालिकाको वडा नं. १ र २ को सिमाना स्थित अति विकट तामाङ बस्ती रहेको च्यात्रा गाउँमा आधारभूत विद्यालय निर्माण गरेको छ ।

शुक्रबार संगठनले एक उकार्यक्रम आयोजना गरी उक्त विद्यालयको औपचारिक उद्घाटन गरेको हो ।

उक्त कार्यक्रममा  नेकपाका महासचिव विप्लवले शुभकामना सन्देशमार्फत र नेकपाका केन्द्रिय सदस्य सन्देश पौडेलको प्रमुख आतिथ्यता र अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीको अध्यक्षतामा सम्पन्न भएको छ ।

धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन र बालबालिकाहरू शिक्षाबाट बन्चित थिए । नजिकको विद्यालय पनि तीन घण्टाको दूरीमा रहेको र भिरालो बाटो भएकोले बालबालिकाहरू पढ्ने अवसरबाट बन्चित थिए ।  नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता प्रतिबन्धको समयमा अभियानको क्रममा त्यस क्षेत्रमा जाँदा विद्यालय नै नभएकोले विप्लवको निर्देशनमा नेकपा र अखिल (क्रान्तिकारी) को पहलमा विद्यालय निर्माण भएको हो । 

त्यस गाँउमा करिब २५ घरधुरी रहेका छ्न । गाउँमा करिब ५० को संख्यामा बालबालिका रहेको अखिल (क्रान्तिकारी)  जनाएको छ । यसभन्दा पहिले बालबालिका विद्यालय जाने अवस्था नरहेकोले आफुहरुले विद्यालय निर्माण गरेको अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाहीले बताए ।

अखिल (क्रान्तिकारी ) ले   आफै लगानी, श्रमदान र स्थानीयसँगको सहकार्यमा ४ कोठे विद्यालय भवनको निर्माण सम्पन्न गरेको हो । हिजो उद्घाटन लगत्तै विद्यालयमा पढाई सुरु भएको छ । विद्यालयलाई आवश्यक फर्निचर, खेलकुद सामग्री र शैक्षिक सामग्री समेत अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको छ । अहिले विद्यालयमा ३० जना विद्यार्थी भर्ना भएको विद्यालयका शिक्षिका अस्मिता घलानले बताइन् ।      नवनिर्मित उक्त विद्यालय सहिद प्रज्वल शाहीको सम्झनामा उहाँकै नामबाट `श्री प्रज्वल स्मृति नमुना आधारभूत विद्यालय´ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।