१४ बैशाख २०८१, शुक्रबार

श्रेष्ठ र पौडेल पुन: नेपाल कम्युनिस्ट पार्टीमा नै फर्किए

0

 

उदयपुर: नेकपा (बहुमत) को मोरङ जिल्ला सचिवलय सदस्य तथा युवा जनस्वयम सेवक नेपालको केन्द्रिय सचिवलय सदस्य तथा एक नम्बर प्रदेश इन्चार्ज आकाश श्रेष्ठ र अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य मोरङ जिल्ला संयोजक रबिन पौडेलले पुनः नेपाल कम्युनिष्ट पार्टीमै फर्किएका छन् । नेकपा (बहुमत) ले लिएको राजनीतिक कार्यदिशाबाट वैज्ञानिक समाजवादी क्रान्ति सम्भव नहुने निश्कर्षसहित पुन: नेपाल कम्युनिष्ट पार्टीमा नै फर्किएका छन् ।

उनीहरुले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, – ‘ पछिल्लो समय धर्मेन्द्र-सुदर्शन गुटले गठन गरेको कथित ने.क.पा. (बहुमत) ले समाजमा अनावश्यक भ्रम फैलाएकोप्रति हाम्रो आपत्ति छ । कथित बहुमत पार्टीले न यो देशमा क्रान्ति गर्छ न त क्रान्ति गर्ने योजना छ । त्यसैले यो त धर्मेन्द्र-सुदर्शनको गुटको झुण्ड मात्रै भएकोले हामी पनि यो पार्टीमा रहनुको कुनै औचित्य नभएको कारण हामी निरन्तर एकीकृत जनक्रान्तिको पक्षमा अगाडि बढेर मात्रै वैज्ञानिक समाजवादमा पुग्न सकिन्छ भन्ने हाम्रो बुझाई रहेको हुनाले कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा रहेर एकीकृत जनक्रान्तिको कार्यदिशामा निरन्तर अगाडि बढ्ने जानकारी यसै प्रेस विज्ञप्तमार्फत सार्वजनिक गर्न चाहन्छौं ।’


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।