७ बैशाख २०८१, शुक्रबार

अनेमसंघ क्रान्तिकारी भक्तपुरको जिल्ला भेला सम्पन्न

0

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टीको महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी भक्तपुरको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला ईञ्चार्ज आस्थाको प्रमुख आतिथ्यतामा तथा जिल्ला सेक्रेटरी विजयको आतिथ्यतामा सम्पन्न जिल्ला भेलाले अध्यक्ष बिन्दु पाइन, उपाध्यक्ष समिक्षा नेपाली, सचिव सुनिता नेपाली, सह सचिब मन्जु केसी, कोषाध्यक्ष लीला नेपाली, सदस्यहरु राधा कार्की, रेशमाया तामाङ ,विना तामाङ तारा राई, सरिता कार्की, सरिता तामाङ ,निलम पन्त पौड्याल, जानुका रेग्मी लगाएत १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि आस्थाले सदियौ देखि दोश्रो दर्जाको नागरिकको रुपमा जीवन यापन गरिरहेका नेपालको कुल जनसंख्याको आधा भन्दा वढि जनसंख्या ओगटेको नारीहरुको न्याए, अधिकार र स्वतन्त्रको लागी एकीकृत जनक्रान्तिमा सवै गोल वन्द हुन आग्रह गर्नुभयो ।

दलाल संसदिय पुँजीवादी व्यवस्थाको अन्त गरी वैज्ञानिक व्यवस्था ल्याउन सवै एक हुनु पर्ने धारणा राख्नुभयो । अन्य अतिथिहरुले पनि वानव समाज महिला पुरुष भएरै वनेको र नारी पुरुष एक रथाका दुई पाङ्ग्रा भएकोले एउटा पाङ्ग्रा महिला भएकोले विभेद नगर्ने समाज निर्माणमा जुट्न ढिला भईसकेकोले सवै महिलाहरुलाई आप्mनो अधिकारको लगी उठ्न आग्रह गर्नभयो ।                                     कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका महासचिव राज कुमारी शाही र नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सेक्रेटेरी विजयले पनि बाेलेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।