१५ चैत्र २०८०, बिहीबार

चार क्रान्तिकारी कम्युनिस्ट पार्टीद्धारा देशव्यापी विरोध कार्यक्रम सम्पन्न

0

काठमाण्डौ । चार कम्युनिस्ट पार्टीले चरणवद्ध आन्दोलनको शिलशिलामा आज देशव्यापी विरोध सभा सम्पन्न गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतीको नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र कर्मजीत वुढाथोकी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीको यस सयुक्त कार्यक्रम उपत्यकाको काठमाण्डौ शान्तिवाटीका पार्टी नेतृत्वहरुको उपस्थितिमा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले राष्टघाट र जनघातको विरुद्ध सवै एकै चोटी पदकीनु पर्ने धारणा राख्नुभएको थियो । सत्तासिन दलहरुको राजनैतिक विचार सिद्धान्त नैतिकता समाप्त भएपछी जाल झेल र षड्यन्त्रको सहारा लिने भएकोले अहिलेको गठवन्धन सरकार तीन वुँदे सहमति लागु गर्नुको उल्टो पक्राउ पुर्जी काटेको भन्दै “पालुवा लुछ्दैमा कोपिला च्यात्दैमा वसन्त ऋतु रोकिदैन र एकदुई जनालाई थुन्दैमा वा जेल हाल्दैमा दुईचार सपुतहरुको ज्यान लिदैमा क्रान्ति रोकिदैन” राज्य यदी शान्ति चाहान्छ भने पक्राउ पुर्जी फिर्ता गरेर तीन वुँदाको कार्यन्वयन गरोस अन्यथा सत्ताको रवैयाको जवाफ माओवादी वा कम्युनिस्ट पार्टीहरुले कसरी दिन्छन् धैर्यताका साथ हेर भनेर चुनौती दिदैं नेपाल कम्युनिस्ट पार्टी माआवादी समाजवादीका अध्यक्ष कर्मजीत वुढाथोकी ‘सुशिल’ सरकार सरकार जस्तो व्यवहार देखाउन सुझाव दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष वुढामगरले वरु वलिदान तयार छौ तर आत्मसमर्पण नगर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । पार्टी सामान्य रहरमा नआएकोले नेपाल र नेपाली जनताको न्याए मुक्ति र स्वतन्त्रताको लगि स्थापना भएकोले सत्तासिन दलहरुलाई अन्धो नवनेर जिम्मेवार वन्न आग्रह गर्नुभयो । २०७७ फल्गुन २० गतेको ३ वुँदे कार्यन्वयन गर्ने कि युद्धको लागी तयार हुने भनेर प्रति प्रश्न गर्नुभयो ।

भाद्र १ गते ज्ञापन पत्र पैधान मन्त्रीलाई वुझाएर वर्तमान ललितपुर जिल्ला अदालतको पक्राउ पुर्जी वारे के हो भनेर वुझ्न खोजेको तर प्रधान मन्त्री देउवाले समय निकाल्न नसक्ने वहानामा शान्ति विरोधी चरित्र देखाएको आरोप लगाउनुभयो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले शान्तिपुर्ण आन्दोलन यो सरकारले नसुनेको आरोप लगाउनुभयो ।

ललितपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जी द्धण्द निम्त्याउने खालको भएकोले विप्लव नेतृत्वको नेकपासंग वार्ताको माध्यमवाट निकास खोज्न सुझाव दिनुभयो । सरकार अटेर गरे वा शान्तिपुर्ण आन्दोनवाट सुनुवाई नगरे श्रीलंकाको स्थितिमा नेपालका सत्तासिनहरुलाई पुर्याउन जनविद्रोहको तयारीमा लाग्न कार्यक्रममा उपस्थित नेता कार्यकर्ता र आम जनताहरुलाई आहान गर्नुभायो । कार्यक्रममा केन्द्रीय सामना परिवारको वेजोड साँस्कृतिक कार्यक्रहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रको सञ्चालन नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा श्रमीक समुदाय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल विश्वकर्माले सञ्चालन गर्नुभएको थियो । एमसीसी खारेजी, एसपीपी फिर्ता, महङ्गी भ्रष्टाचार नियन्त्रण र सरकारले विप्लव नेतृत्वको नेकपासंग नेपाल सरकारले तुरुन्त समयमै ख्याल गर अन्यथा जनआन्दोलनको सामना गर्न चार क्रन्तिकारी कम्युनिस्ट पार्टीहरुले सरकारलाई चुनौती दिएका छन् । आज देशभरी विरोध कार्यक्रम सम्पन्न भएको छ ।

यही भाद्र ६ गते मशाल जुलुश र ७ गते नेपाल वन्दको कार्यक्रम वाँकी नै छ । पहिलो चरणको कार्यक्रम सरकारले सुनुवाई नगरे अझै ठुलो जनआन्दोलनको आँधेवेहरी ल्याउँने तयारीमा रहेको संयुक्त मोर्चाका एक सदस्यले जनपत्रिकासंग वताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।