४ बैशाख २०८१, मंगलवार

लघुवित्तको ॠणले लियो महिलाको ज्यान

0

धनगढी: कैलालीमा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट ऋण लिएकी एक महिलाले किस्ता बुझाउन नसक्दा लघुवित्तका कर्मचारीले घरमा ताल्चा लगाइदिएपछि आत्महत्या गरेकी छन् ।

युनिक नेपालको चौमाला शाखाबाट ऋण लिएकी गौरीगङ्गा १ लठैयाकी ३७ वर्षीय रेश्मा चौधरीले लघुवित्तका कर्मचारीले ऋण असुल्न घरमा सुचना टाँसेर ताला लगाएर मानसिक तनाव समेत दिएपछि विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।
युनिक नेपालका चौमाला शाखा प्रबन्धक राजकुमार चौधरीका अनुसार भाद्र १ गतेको समुहको बैठकमा किस्ता तिर्न नसकेपछि संस्थाकी फिल्ड हेर्ने कर्मचारी सन्तरानी चौधरी लगायत समुहका सदस्यहरूले बिहान ११ बजे ऋण तिर्ने सुचनासहित घरमा ताला लगाएका थिए । बिहान घरमा ताला लगाएको लघुवित्तका कर्मचारीसहितको टोली साँझ ५ बजे आफ्नो घरमा आई तनाव दिन थालेपछि सहन नसकेर आफ्नी आमाले आत्महत्या गरेको मृतकका छोरा नरेश चौधरीले बताए । आफ्नो आमाले घरजग्गा बेचेर ३ महिनाभित्र ऋण तिर्छु भन्दा पनि लघुवित्तका कर्मचारीले तनाव दिन नछोडेपछि आत्महत्या गरेको मृतकका श्रीमान प्रदेशु चौधरीले जानकारी दिए ।
आत्महत्याको घटनामा नेकपाको चासो
लघुवित्तका कर्मचारीको तनाव र तालाबन्दीपछि आत्महत्या गरेको घटनामा नेपाल कम्युनिष्ट पार्टीले चासो व्यक्त गरेको छ । ऋण असुल्न गैह्रकानुनी बाटो अवलम्बन गरि आत्महत्या गर्न बाध्य पार्ने लघुवित्त र लघुवित्तका कर्मचारीलाई कारवाही हुनुपर्ने मागसहित पार्टीले चौमाला शाखा कार्यालयमा तालाबन्दी गरेको छ । आत्महत्यापछि पनि घटनालाई ढाकछोप गर्न खोजिएको र मृतकका आफन्तलाई अनेक प्रलोभन दिन खोजिएको भन्दै नेकपाले ऋण असुल्न घरमा तालाबन्दी गर्नेलाई आत्महत्या दुरूत्साहनमा मुद्धा चलाउन माग गरेको छ । लघुवित्तले ऋण दिदा बिमा गरेर दिने र ऋण बिमा कम्पनीले तिरिदिने भएपनि ऋण मिनाह र किरिया खर्चको प्रलोभन देखाएर घटनालाई सामसुम पार्न खोजेको बताउदै सरकारलाई कानुनी कारवाही गरि मृतकका परिवारलाई लघुवित्तबाट पूर्ति उपलब्ध गराउन माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।