१३ बैशाख २०८१, बिहीबार

पूर्वको १ नम्बर प्रदेश स्तरीय संयुक्त विरोध सभा कार्यक्रम सम्पन्न

0

उदयपुर: नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले घोषित संघर्षका कार्यक्रम अन्तर्गत शनिबार भाद्र ४ गते शनिबार देशव्यापीरुपमा जिल्लाहरुमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम अनुसार पूर्वको १ नम्बर प्रदेश अन्तरगत उदयपुरको सदरमुकाम गाईघाटमा, सुनसरीको धरान, पाँचथर, ओखलढुंगा जिल्लामा सयौँको संख्यामा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीको विरोध कार्यक्रममा उदयपुरमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको जिल्ला अध्यक्ष मनिश बराईलीको सञ्चालन, नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति सदस्य तथा नगर सेक्रेटरी राम कृष्ण सदा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज गोकुल चाम्लिङले महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।
त्यसैगरी सुनसरीमा सुरेशको संचालन र सुनसरी जिल्ला पार्टी सेक्रेटरी दिवासले कार्यक्रमलाई सम्बोधन गरेका थिए भने कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा सुनसरी, धनकुटा जिल्ला इन्चार्ज दिपेशको उपस्थित रहेको थियो ।
त्यस्तै ओखलढुंगा जिल्लामा जिल्ला सेक्रेटरी दिनेशको संचालन र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा ओखलढुंगा, उदयपुर जिल्ला इन्चार्ज विवेक कुमालले कार्यक्रममा महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।
त्यस्तै पाँचथर जिल्ला सदरमुकाम फिदिमको गणतन्त्र चोकमा विशेष समिति सदस्य विजय नेम्बाङको संचालनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका जिल्ला सदस्य विपिन अधिकारी, नेपाल कम्युनिस्ट पार्टीका शिक्षक संगठनका केन्द्रिय सदस्य नारायण प्रसाद कार्की, नेकपाका युवा नेता राजन बस्नेत, नेकपा पाँचथरका जिल्ला सेक्रेटरी सन्तोष बिष्टले महत्त्वपूर्ण भनाईहरु राखेका थिए ।
प्रत्येक जिल्लाहरुमा कार्यक्रममा बोल्दै नेताहरुले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी बीच भएको ३ बुँदे सहमति कार्यन्वायन गर्न नेपाल सरकारलाई अनुरोध गरेका थिए ।
उक्त सहमतिको बुँदा नं. ३ मा नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीमाथि भएको प्रतिबन्ध हटाउने कारागारमा रहेका पार्टीका नेता कार्यकर्ताहरुको रिहाई र सम्पूर्ण मुद्दाहरु खारेज गर्ने सहमत भएको थियो । तर हालसम्म पनि जेलमा रहेका नेता कार्यकर्तालाई रिहाई गरिएको छैन । झुट्टा मुद्दा खारेज गरिएको छैन, उल्टै नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रवक्ता, सचिवालय सदस्य लगायतका नेता कार्यकर्तालाई ललितपुर जिल्ला अदालतमार्फत पक्राउ पुर्जी जारी गरिएको छ ।
उक्त कार्य नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको ३ बुँदे सहमतिको विरुद्धमा भएको सरकारले षड्यन्त्रमुलक ढंगले मुलुकलाई जबर्जस्त द्वन्द्वमा धकेल्न खोजेको बताएका छन् ।
उनीहरुले नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दै राष्ट्रघाती एमसीसी सम्झौता र एसपीपी परियोजना, मूल्यवृद्धि, भ्रष्टाचार र विगतमा भएका राष्ट्रहित विपरितका असमान सन्धिहरु खारेज गर्न र नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको ७ गतेको नेपाल बन्द कार्यक्रमलाई सफल पार्नको लागि सम्पूर्ण बुद्धिजीवि, व्यापारी, शिक्षक, विद्यार्थी, यातायात व्यवसायी सबै जनसमुदायलाई सहयोग गरि बन्दलाई सफल पारि दिन हुनको लागि नेताहरूले अपिल समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।