३ बैशाख २०८२, बुधबार

प्रतिगमनकारी हर्कत विरुद्ध सप्तरीमा राँके जुलुस

0

सप्तरी – नेपाल कम्युनिस्ट पार्टी सप्तरीले प्रतिगमनकारी हर्कत विरुद्ध राँके जुलुस प्रदर्शन गरको छ ।

प्रतिगमनकारी हर्कत र दलाल पुँजीवादको विरुद्ध नेकपा सप्तरीले मसाल जुलुस प्रदर्शन गरेको खडक नगरपालिका-३ को बजरझुल्ला मा.वि.बाट सुरु भएको मसाल जुलुस सोही स्थानको हाटबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सभामा प्रतिगमनकारी तत्व मूर्दावाद ! दलाल पुँजीवाद मूर्दावाद! वैज्ञानिक समाजवास जिन्दावाद ! लगायत गगनभेदी नारा लगाउँदै निस्केको जुलुसपश्चात प्रारम्भ भएको सभालाई जिल्ला सेक्रेटरी रामनारायण सी र इञ्चार्ज राजन सीले सम्बोधन गरेका थिए ।

आइतबार नै नेकपाको सप्तरीको जिल्ला समिति बैठक सम्पन्न भएको थियो । बैठकले प्रतिगमन र यथास्थिति विरुद्ध जनमत निर्माण गर्दै समाजवाद‌को आधार निर्माण गर्ने निर्णय गरेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।