२४ भाद्र २०८२, मंगलवार

मधेशको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्छ : विप्लव सी

0

बर्दिबास – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले मधेशको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । शुक्रबार बर्दिबासमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट आन्दोलन मधेशमा झाँङ्गीएर पहाड उक्लिएको बताउँदै आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने बताएका हुन् ।

विप्लवले अरु थुप्रै कम्युनिस्ट पार्टीहरु बदनाम भएको स्मरण गर्दै नेकपा नविग्रीएकोले मधेशमा नेकपालाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए । उनले कम्युनिष्ट पार्टी बलियो भएपछि जनता बलियो हुने जिकिर गर्दै बलियो पार्टी बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रीय सदस्य शिला सीले सन्चालन गरेकी थिइन् । आस्थाका बन्दी बच्चेलाल सरदारलाई अभिनन्दन गरिएको कार्यक्रममा ३७ जना माओवादी केन्द्रका स्थानीय कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।