१४ बैशाख २०८१, शुक्रबार

नेकपा पालुङ्टार प्रथम नगर भेला सम्पन्न्

0

गोर्खा । नेपाल कम्युनिस्ट पार्टी पालुङ्टार नगरपालिका गोर्खाको प्रथम भेला सम्पन्न भएको छ । नेकपाको आठौ महाधिवेशनको गर्मागर्मीसंगै जिल्ला तथा स्थानिए तहमा संगठन विस्तार तथा प्रचार प्रसार कार्यक्रमले गति लिएको छ । भेलाले ओम प्रकाश गुरुङ्गको नेतृत्वमा २१ सदस्यीए नगर कमिति निर्वाचित गरेको छ । भेलाका प्रमुख अतिथि तथा जिल्ला सेक्रेटरी कपिल भट्टले भेलालाई प्रशिक्षणात्मक शुभकामना मनतव्य दिदैं पार्टी निर्माण र संगठन विस्तार रहर नभएर आवश्यकता भएको जिकीर गर्नुभयो ।

दश वर्ष जनयुद्धसंगै निर्माण भएका जनमुक्ति सेना, जनसत्ता र जनसंगठनहरु वावुराम प्रचण्डले दलाल संसदिए पुँजीवादी व्यवस्थासँग विक्री गरेकोले जनताको न्युनतम आवश्यकता समेत पुुरा गर्न नसक्ने व्यवस्थाको विकल्प एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको लागी नेपाल कम्युनिस्ट पार्टी जनताको साथ लिन र जनतालाई साथ दिन आएको कुरा उल्लेख गर्नुभयो ।

अतिथि विशेष कमिति सदस्य योगेन्द्र कुमालले जनताको न्याए, मुक्ति र स्वतन्त्रता संगसंगै राष्ट्रिय स्वाधिनताको लडाई नेकपा लडिरहेको वताउनुभयो । महङ्गी, भ्रष्ट्राचार, नेकपाका नेताहरुमाथीको पक्राउ पुर्जी, एमसीसी, एसपीपी लगाएतका जनघाट राष्ट्रघाटको विरुद्धमा आन्दोलन आवश्यक भएकोले सवै आन्दोलनमा, ढृढताको साथ लड्न र लाग्न पनि आग्रह गर्नुभयो ।

श्रमिक समुदाए मुक्ति मोर्चा नेपालका गोर्खा जिल्ला संयोजक प्रकाश अछामी, डीसीएम तथा पालुङ्टार नगर सेक्रेटरी कृष्ण वहादुर अधिकारीको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको अध्यक्षता प्रकाश गुरुङ्गले र सञ्चालन धन वहादुर नेपालीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।