२२ कार्तिक २०८२, शनिबार

पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न निष्कर्षसहित विप्लव, घनश्याम र जनार्दनले गरे बृहत् मोर्चाबन्दीको आह्वान

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा (माओवादी केन्द्र) का महासचिव जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकालेका छन् ।

उनीहरूले शुक्रबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने निष्कर्ष निकालेर बृहत् मोर्चाबन्दीको आह्वान गरेका छन् ।

उनीहरूले विज्ञप्तिमा विज्ञप्तिमा भनिएको छ, ‘पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वत: स्पष्ट छ । राष्ट्रमाथि चौतर्फी संकट आएको यस परिस्थितिमा सबै प्रतिबद्ध कम्युनिस्टहरू, समाजवादी, प्रगतिशील तथा देशभक्तहरूले बृहत् मोर्चाबन्दीका लागि पहलकदमी लिनु आवश्यक भएको छ ।’

उनीहरू वक्तव्यमा लेख्छन्, ‘मुलुकका पुराना राजनीतिक दलहरू, खासगरी तिनका नेताहरू पुरानै संरचना र तरिका जोडजाड गरेर संकटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहन्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र संकटतर्फ धकेल्ने कुरा निश्चित छ ।’
वर्तमानको राष्ट्रिय निराशा र गतिरोधलाई चिर्दै प्रगतिशील तथा लोकतान्त्रिक दिशामा आम जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु ज्वलन्त कार्यभार बनेको पनि उनीहरूको निष्कर्ष छ ।

यही आवश्यकता अनुसार आफूहरू एकतावद्ध भएर अगाडि बढ्नुपर्ने निष्कर्षमा पुगेको उनीहरूले बताएका छन् ।
मुलुकको असाधारण राजनीतिक अन्योलका बारेमा सबै जानकार रहेको उल्लेख गर्दै उनीहरूले परिस्थितिको ख्याल गर्न आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।