२४ पुष २०८२, बिहीबार

विप्लव माओवादीले लगायो दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो

0

पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी)ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको छ ।

दाङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। उनी अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष समेत हुन् ।

भ्रष्टाचार विरोधी अभियन्ता शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रूपमा परिचित छन् ।

राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रूपमा अभियान सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं. २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय बालकृष्ण पोखरेल (सविन)लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्य पर्छन् ।

पार्टीले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) लाई पनि एकल उम्मेदवारका रूपमा अघि सारेको छ ।

माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रूपमा विश्वास गर्दै सिफारिस गरेको हो ।

पहिलो सहभागितामै तीनै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्ने माओवादीको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ।

स्पष्ट उम्मेदवारी, अनुभव र संगठनात्मक बलका आधारमा माओवादीले दाङमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।