२४ पुष २०८२, बिहीबार

अभियान टोली उपत्यकाबाट काभ्रे प्रस्थान

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चलाएको समाजवादी युवा जागरण अभियान टोली उपत्यकाबाट प्रस्तान गरेको छ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका जिल्लामा अभियान संचालन गर्न टोली काठमाडौंबाट काभ्रेका लागि प्रस्थान गरेको हो ।

टोलीले आज दिउँसो काभ्रेको बनेपामा अभियान संचालन गर्ने छ । पार्टी केन्द्रीय सदस्य चिरन्जीवि सीको नेतृत्वमा रहेको अभियान टोलीले पर्चा वितरण गर्ने, कोणसभा गर्ने, नाराजुलससहित जनतालाई जागरुक बनाइरहेको छ । जेनजी आन्दोलनपछि बनेको सरकार एकपक्षिय भएको, जेनजीका माग अनुसार सरकारले काम गर्न नसकेको, भ्रष्टचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै माओवादी राजनीतिक सहमतिको सरकार निर्माण गर्नका लागि अभियान संचालन गरेको हो ।

अभियान टोलीले नयाँ सरकार गठन, एमसीसी संविधान, कानुन मातहत वा खारेज हुनुपर्ने, कालोबजारी नियन्त्रण गर्न १ हजार र ५ सयका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली अदालत गठन गर्नुपर्ने भन्दै जनतालाई जागरुक बनाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।